लेख विवरण

अम्पायरले नो बल दिएपछि खेलाडीद्धारा चक्कु प्रहार

अम्पायरले नो बल दिएपछि खेलाडीद्धारा चक्कु प्रहार

काठमाडौंँ । भारतको ओडिशा राज्य स्थित कटकमा आइतबार भएको मैत्रीपूर्ण खेलका क्रममा एक अम्पायरको हत्या भएको छ । खेल चलिरहेको समयमा अम्पायरिङ गरिरहेका २२ वर्षीय लक्की राउतलाई ब्याट र चक्कु प्रहार गरि हत्या गरिएको छ । खेलको क्रममा लक्कीले एक बललाई नो बल दिएपछि खेलाडीहरूले उक्त निर्णयको विरोध गरेका थिए। त्यसपछि बिबादले उग्ररुप लियो र खेलाडीले लक्कीमाथी आक्रमण गर्न थाले।

चौधवार प्रहरीले घटनामा संलग्न चार अभियुक्त स्मृतिरञ्जन राउत, जग राउत, बादल कौबताल र सञ्जय राउतलाई पक्राउ गरेको छ ।

चौद्वार अन्तर्गत पर्ने महशिलान्डामा आइतबार दिउँसो शंकरपुर र बर्हामपुर यु–१८ क्रिकेट टोलीबीच मैत्रीपूर्ण खेल भइरहेको थियो । खेलको अम्पायरिङ महशिलन्दका लक्कीले गरिरहेका थिए । खेलको क्रममा अम्पायर लक्कीले एउटा बललाई नो–बल दिए । त्यसपछि लक्की र जग राउतबीच विवाद भयो । फिल्डिङमा रहेका दलिजोडा टोलीका स्मुतिरञ्जन (मुना) राउतले लक्कीमाथि ब्याट र छुरी प्रहार गर्न थाले ।

त्यसपछि गम्भीर अवस्थामा लक्कीलाई नजिकैको एससीबी मेडिकल कलेज अस्पतालमा लगियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।

कटकका प्रहरी उपायुक्त (डीएसपी) पिनाक मिश्राका अनुसार घटनाको खबर पाएलगत्तै चौद्वार प्रहरी अस्पताल पुगेको थियो। यसैबीच होहल्ला मच्चाएका लक्कीको परिवारका सदस्य र गाउँलेले प्रहरीलाई घेरा हालेका थिए । उनीहरुले आरोपितलाई पक्राउ गर्न माग गरेका थिए । अर्कोतर्फ केही व्यक्तिले एकजना अभियुक्तलाई पक्रेर प्रहरीलाई बुझाएका छन् । प्रहरीले उनीसँग सोधपुछ गरिरहेको जनाएको छ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.