लेख विवरण

अरहान्त र कृष्णा ओलम्पिक डे स्क्वास च्याम्पियन

अरहान्त र कृष्णा ओलम्पिक डे स्क्वास च्याम्पियन

काठमाडौं । ओलम्पिक डे स्क्वास प्रतियोगितामा अरहन्तकेशर सिम्हले शनिबार अमृत थापालाई ११–८, ९–११, १३–११ र १२–१० ले हराएर च्याम्पियन बनेका छन् ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन महिला एकलको फाइनलमा कृष्णा थापाले विपना ब्लोनलाई सोझो सेटमा ११–१, ११–५, ११–८ ले हराएर उपाधि जितिन् ।

यसैगरी भेटरान्सको उपाधि प्रवीण कंसाकारले जित्न सफल भए । उपाधि भिडन्तमा विनोद शाक्य रिटायर्ड हर्ट भएपछि प्रवीण विजेता बनेका हुन् । प्लेट च्याम्पियन्सीपको फाइनलमा जितेन्द्रमान जोशीलाई ११–८, ११–५, ११–५ ले निराश पारेर विनायक श्रेष्ठ च्याम्पियन बने ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.