लेख विवरण

अर्घाखाँची प्रिमियर लिग फागुन २३ देखि

अर्घाखाँची प्रिमियर लिग फागुन २३ देखि

काठमाडौंँ । चौंथो संस्करणको अर्घाखाँची प्रिमियर लिग (एपिएल) फागुन २३ गते देखी सन्धिखर्कमा आयोजना हुने भएको छ । आयोजक अर्घाखाँची क्रिकेट संघले बिहीवार (आज) पत्रकार सम्मेलन आयोजना गर्दे प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

प्रतियोगितामा चार टोली रोयल सन्धीखर्क, पुष्प वरियर्स, रोयल खाँचीकोट भगवती र इलेभन बर्दश डिर्भनाको सहभागिता रहने छ । करिब १० दिन अगाडी अक्सन मार्फत प्रतियोगिताका लागि जिल्ला भरिका खेलाडीहरु छनोट गरिएको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषि भट्टराईले स्पोटर्स मालालाई बताए । प्रतियोगिता आयोजनाको मुख्य उदेश्य राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्नु रहेको उनले बताए ।

अर्घाखाँची क्रिकेट संघले यसअघि तिन पटक सफलता पूर्वक एपिएलको आयोजना गरि सकेको छ । नेपाल क्रिकेट संघबाट मान्यता प्राप्त जिल्ला नरहेपनि जिल्ला क्रिकेट संघले क्रिकेटमा गरेको लगानीमा अर्घाखाँचीबाट नेपाल क्रिकेटले देब खनाल, बिक्रम भुषाल र उत्तम थापा मगर जस्ता राष्ट्रिय खेलाडीहरुको पाएको छ ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले नगद रु एक लाख तथा दोस्रो हुनेले ५१ हजार सहित प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेे आयोजकले जनाएको छ । त्यस्तै खेलको प्लेयर अफ द म्याचले नगद सहित ट्रफी र प्रमाण पत्र पाउने छन । प्रतियोगिताको उत्कृष्ट बलर र इर्मजिङ प्लेयरले समान २/२ हजार तथा प्लेयर अफ द सिरीजले नगद रु ५ हजार सहित प्रमाण पत्र र ट्रफी पाउने भट्टराईले बताए । प्रतियोगितामा करिब १५ लाख खर्च हुने आयोजकले अनुमान गरिएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.