अष्ट्रेलियन ओपनको उपाधि जोकोभिचलाई
एजेन्सी । अष्ट्रेलियन ओपन टेनिसको उपाधि सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले जितेका छन् । मेलबर्नमा आइतबार भएको फाइनल खेलमा जोकोभिचले ग्रीसका स्टेफानोस सित्सिपासलाई ३–० को सेटमा हराउँदै उपाधि जितेका हुन ।
३५ वर्षीय जोकोभिचले सित्सिपासमाथि ६–३,७–६(७–४), ७–६(७–५) को जित निकाले । जोकोभिचको यो कीर्तिमानी १०औं अष्ट्रेलियन ओपन उपाधि हो । यससँगै उनले २२औं ग्रान्डस्लाम उपाधि जितेका छन् ।
जोकोभिचले सर्वाधिक २२औं पटक ग्रान्डस्लाम उपाधि जित्ने राफेल नाडालको कीर्तिमान समेत बराबरी गरेका छन । महिलातर्फको उपाधि भने बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन ।

टिप्पणी लेख्नुहोस्