लेख विवरण

अष्ट्रेलियन सरकारद्धारा दोस्रो पटक जोकोभिचको भिसा रद्द

अष्ट्रेलियन सरकारद्धारा दोस्रो पटक जोकोभिचको भिसा रद्द

एजेसी । अष्ट्रेलियन सरकारले दोस्रो पटक नोभाक जोकोभिचको भिसा रद्द गरेको छ । विश्व नम्बर एक टेनिस खेलाडीले अब अस्ट्रेलिया छोड्न बाध्य हुन सक्ने सम्भावना बढेको छ। आप्रवासन मन्त्री एलेक्स हकका अनुसार जोकोभिचलाई ग्रान्ड स्लामबाट पनि तीन वर्षसम्म प्रतिबन्ध लगाउन सकिने सम्भावना रहेको छ ।

यसअघि अष्ट्रेलियाका मन्त्री एलेक्स हकले अदालतको निर्णयलाई चुनौती दिदै आफ्नो अधिकार प्रयोग गरेर भिसा रद्द गर्ने बताएका थिए । अष्ट्रेलियन ओपन सुरु हुनुभन्दा तीन दिनअघि उनले ३४ वर्षीय जोकोभिचको भिसा रद्द गर्न आफ्नो शक्ति प्रयोग गरे ।

अब जोकोभिकका वकिलहरूले फेडरल सर्किट एण्ड फेमली कोर्टमा अपील गर्ने आशा गरिएको छ। कोभिड नियम पालना नगरेको र खोप प्रमाण पत्र नदेखाएको कारण उनले बन्दी प्रत्यक्षीकरण केन्द्रमा चार रात बिताइसकेका छन्।

नौ पटकको विजेता तथा डिफेन्डिङ च्याम्पियन जोकोभिच गत हप्ता अष्ट्रेलियन ओपनमा भाग लिन मेलबर्न पुगेका थिए। उनी माथि खेलाडी नियम विपरित अष्ट्रेलिया प्रवेश गरेको आरोप लागेको छ । उनले आफुले लगाएको खोपबारे विस्तृत विवरण दिएका थिएनन्। साथै कोरोना पोजेटिभ भएपछि उनले गरेको भ्रमणको जानकारी पनि गलत दिएका थिए।

यसअघि अष्ट्रेलिया सरकारले डिसेम्बर ५ मा मेलबर्न पुगेका उनको भिसा रद्द गरेको थियो । उनले कोरोना खोपको मापदण्ड पूरा गरेका थिएनन् । अष्ट्रेलिया आउने हरेक नागरिकले कोविड–१९ को डोज लगाएको प्रमाण देखाउनु पर्ने हुन्छ । उनले गत महिना कोरोना पोजेटिभ भएको कारण आफू एन्टिबडी भएकाले खोप लगाएको प्रमाणपत्र देखाउनु आवश्यक नरहेको तर्क गरेका थिए । त्यसपछि जोकोभिचको अष्ट्रेलियामा बस्ने अधिकार र भिषा रद्द भएपछि उनले अस्ट्रेलियाको फेडरल सर्किट एण्ड फेमिली कोर्टमा चुनौती दिएका थिए।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.