लेख विवरण

अष्ट्रेलियाको सहायक प्रशिक्षकमा ड्यानियल भिटोरी

अष्ट्रेलियाको सहायक प्रशिक्षकमा ड्यानियल भिटोरी

काठमाडौं । न्युजिल्याण्डका पूर्व कप्तान ड्यानल भिटोरीसँगै आन्द्रे बोरोबेकलाई अष्ट्रेलियाको सहायक प्रशिक्षकमा नियुक्त गरिएको छ । भिटोरी र आन्द्रे अगामी जुन महिनाको अन्त्यमा हुने श्रीलंका बिरुद्धको टेस्ट सिरीज मार्फत आ आफ्नो भुमिकामा देखिने छन । आन्द्रेले गत बर्ष पनि अष्ट्रेलियन टोलीसँग काम गरेका थिए । उनी अष्ट्रेलिया ए को कोचिङ स्टाफको सदस्य भइसकेका छन ।

भिटोरीले सिमित ओभरको क्रिकेटमा यो बर्षको सुरुवातमा पाकिस्तान भ्रमणको क्रममा अष्ट्रेलियन टोलीसँग काम गरेका थिए । द हन्ड्रेड क्रिकेटको जारी सिजनमा उनी बर्मिघम फिनिक्समै आबद्ध रहनेछन । फिनिक्सलाई अन्तरिम कोचको रुपमा उनले फाइनल सम्म पुर्याएका थिए । ड्यानिलले भने, जुन तरिकाले मैले तयारी गरे र योजना अनुरुप टोलीले पाकिस्तानमा प्रर्दशन गर्यो, त्यसबाट म प्रभावित भए ।

म्याकडोनाल्ड र भिटोरीसँग रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी)मा सँगै खेलेको र कोचिङ गरेको लामो अनुभव छ । आईपीएलमा म्याकडोनाल्डले भिटोरीको नेतृत्वमा सहायक प्रशिक्षको रूपमा काम गरेका थिए। म्याकडोनाल्ड उपलब्ध नभएको बेला भिटोरीले गत वर्ष द हन्ड्रेड लिगमा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनी यसअघि बंगलादेश टोलीको स्पिन बलिङ सल्लाहकार थिए।

द हस्ड्रेड अगस्ट ४ बाट सुरु भई सेप्टेम्बर ३ मा समाप्त हुनेछ । अस्ट्रेलिया र जिम्बाब्वेबीच सेतो बल सिरिजमा भिटोरी ओभरल्याप हुन सक्छ तर अष्ट्रेलियामा हुने टिमको टी–२० विश्वकपको तयारीका लागि उनी उपलब्ध हुनेछन् । अष्ट्रेलियाले विश्वकपअघि भारतमा १० दिनभित्र तीन खेलको टी–२० सिरिज खेल्नुपर्नेछ । आन्द्रे बोरोभेकसँग व्यावसायिक क्रिकेटको अनुभव छैन।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.