अष्ट्रेलियामा नेपाली समुदायले क्याम प्रिमियर लिग आयोजना गर्दै
काठमाडौंँ । क्याम युथ एसोसिएनको आयोजनामा अष्ट्रेलियाको सिडनीमा दोस्रो संस्करणको क्याम प्रिमियर लिग आयोजना हुने भएको छ । नेपाली समुदायको बीचमा आयोजना हुने प्रतियोगिता यही मार्च १९ देखी जुनको मध्यसम्म दिन र रातमा हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार लिगका खेलहरु ब्रेसिंगटन पार्क, साउथ एभर्ली पार्क र नर्थ एभर्ली पार्कमा साताको अन्तिम दिन हुनेछ । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । क्याम प्रिमियर लिगको उद्घाटन खेलको नारा से नो टु सुसाइड रहेको छ । उद्घाटन खेल पहिलो सिजनको उत्कृष्ट ११ र जेनएक्स उत्कृष्ट ११ बीच हुनेछ ।

किंग्सटन इन्स्टिच्युट अस्ट्रेलियाले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् ।

प्लेयर अफ द सिरिजको प्रायोजकमा सफल एजुकेसन एण्ड भिसा सर्भिसेज, उत्कृष्ट ब्याट्सम्यानको प्रायोजकमा इम्पेरीयल कलेज, उत्कृस्ट बलरको प्रायोजकमा फिक्सर अटो मोबाइल्स र प्लेयर अफ द म्याचको प्रायोजकमा एससी ट्रान्सपोर्ट रहेको बताइएको छ । प्रतियोगितालाई केटिएम कन्सल्टिंग, कार्ल्टन ग्रोसरी र सिड्नी प्रिन्ट एण्ड डिजाइनले पनि साथ दिएको छ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण फेसबुक र युट्युबबाट हुनुका साथै खेलको स्कोर क्रिकक्लब एप मार्फत हेर्न सकिनेछ जनाइएको छ ।

प्रतियोगितामा क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमि क्रिकेट क्लब, वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबको सहभागिता रहेको छ ।

त्यस्तै बाउन्ड्री लाइन क्रिकेट क्लब, द कंगारु क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, अम्दाबलम ब्लेजर्स क्रिकेट क्लब, एक्स्ट्राटेच क्रिकेट क्लबले प्रतियोगितामा सहभागिता जनाउने भएका छन ।
















टिप्पणी लेख्नुहोस्