लेख विवरण

अष्ट्रेलियालाई हराउदै कोरिया सेमिफाइनलमा

अष्ट्रेलियालाई हराउदै कोरिया सेमिफाइनलमा

काठमाडौं । दक्षिण कोरिया भारतमा जारी महिला एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवार भएको खेलमा कोरियाले अष्ट्रेलियालाई १–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२३ मा छनोट भएको हो । खेलको अन्तिम समयमा कोरीयन खेलाडी जी सो–यूनले टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उक्त निर्णायक गोल नै कोरीयाको जितको कारण बन्यो ।

यसअघि खेलमा कोरियन खेलाडी की चो सो–ह्युनले पाएको पेनाल्टी गोलमा परिणत गर्न चुकेकी थिइन । त्यसको २ मिनेटपछि २५ मिटरको दुरीबाट यूनले गोल गर्दै खेल आफ्नो पक्षमा पारिन ।

उपाधि दाबेदार तथा डिफेन्डीङ च्याम्पियन अष्ट्रेलिया समुह चरणको तीन खेलमा जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेको थियो । तर कोरियन खेलाडीहरुले उनका आक्रमक अग्रपंक्तिमा रहेका खेलाडीहरुलाई गोल गर्ने अवसर दिएनन । टोली यसअघिनै न्यूजिल्यान्डसँगै सन २०२३ को विश्वकपमा छनोट भई सकेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.