लेख विवरण

अष्ट्रेलियाले पाकिस्तानसहित यी देशसँग प्रतिस्पर्धा गर्ने, बोर्डले सार्वजनिक गर्यो तालिका

अष्ट्रेलियाले पाकिस्तानसहित यी देशसँग प्रतिस्पर्धा गर्ने, बोर्डले सार्वजनिक गर्यो तालिका

काठमाडौंँ । क्रिकेट अष्ट्रेलियाले २०२३–२४ को घरेलु समरका लागि पुरुष र महिला टोलीको अन्तर्राष्ट्रिय तालिका सार्वजनिक गरेको छ। विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको अष्ट्रेलियाले डिसेम्बरमा पाकिस्तानविरुद्ध तीन खेलको टेष्ट शृंखला खेलेर घरेलु समरको सुरुवात गर्नेछ। क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत निक हक्लीले भने, 'गर्मीमा क्रिकेटले अष्ट्रेलियालीहरूलाई अन्य खेलहरू जस्तै एकसाथ ल्याउँछ र हामी अर्को सिजन विश्व–स्तरीय क्रिकेट हेर्न प्रशंसकहरूलाई स्वागत गर्न तत्पर छौं।'

उनले भने, ‘हामी यो समरमा वेस्ट इन्डिज, पाकिस्तान र दक्षिण अफ्रिकासँग खेल्ने तयारीमा छौं । हामी प्रसारक, स्थानीय सरकार लगायत हाम्रा सबै साझेदारहरूलाई, देशभरका फ्यानहरूका लागि विश्व–स्तरीय क्रिकेट पुर्‍याउन सहयोग गरेकोमा धन्यवाद दिन्छौं।'

खेल तालिका (पुरुष)

पाकिस्तान बिरुद्धको टेस्ट शृंखला

डिसेम्बर १४ देखी १८ पहिलो टेस्ट, पर्थ स्टेडियम
डिसेम्बर २६ देखी ३० दोस्रो टेस्ट, एमसीजी
जनवरी ३ देखी ७ तेस्रो टेस्ट, एमसीजी

वेस्ट इन्डिज विरुद्धको टेस्ट सिरिज


जनवरी १७ देखी २१ पहिलो टेस्ट, एडिलेड ओभल
जनवरी २५देखी २९ दोस्रो टेस्ट, गाब्बा

वेस्ट इन्डिज विरुद्धको एकदिवसीय शृंखला

फेब्रुअरी २ पहिलो एकदिवसीय, एमसीजी
फेब्रुअरी ४ दोस्रो एकदिवसीय, एमसीजी
फेब्रुअरी ६ तेस्रो एकदिवसीय, मनुका ओभल, क्यानबेरा

वेस्ट इन्डिज विरुद्धको टी–२० सिरिज

फेब्रुअरी ९ पहिलो टी–२० अन्तर्राष्ट्रिय, ब्लन्डस्टोन एरिना, होबार्ट
फेब्रुअरी ११ दोस्रो टी–२० अन्तर्राष्ट्रिय, एडिलेड ओभल
फेब्रुअरी १३ तेस्रो टी–२० अन्तर्राष्ट्रिय, पर्थ स्टेडियम

महिला टोलीको खेल तालिका

वेस्ट इन्डिज विरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिज

अक्टोबर १ पहिलो टी–२० अन्तर्राष्ट्रिय, उत्तरी सिड्नी ओभल
अक्टोबर २ दोस्रो टी–२० अन्तर्राष्ट्रिय उत्तरी सिड्नी ओभल
अक्टोबर ५ तेस्रो टी–२० अन्तर्राष्ट्रिय, एलन बोर्डर फिल्ड, ब्रिस्बेन

वेस्ट इन्डिज विरुद्धको एकदिवसीय शृंखला

अक्टोबर ८ एलन बोर्डर फिल्ड, ब्रिस्बेन
अक्टोबर १२ जंक्शन ओभल, मेलबर्न
अक्टोबर १५ जंक्शन ओभल, मेलबर्न

दक्षिण अफ्रीका विरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज

जनवरी २७ मनुका ओवल, क्यानबेरा
जनवरी २८ मनुका ओवल, क्यानबेरा
जनवरी ३० ब्लन्डस्टोन एरेना, होबार्ट

दक्षिण अफ्रीका विरुद्धको एकदिवसीय शृंखला

फेब्रुअरी ३ एडिलेड ओभल
फेब्रुअरी ७ उत्तरी सिड्नी ओभल
फेब्रुअरी १० उत्तरी सिड्नी ओभल

दक्षिण अफ्रिका विरुद्धको टेस्ट म्याच

फेब्रुअरी १५ देखी १८ वाका मैदान, पर्थ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.