लेख विवरण

अष्ट्रेलिया पाँच बर्षपछि आइसीसी टेस्ट वरियताको शिर्षमा

अष्ट्रेलिया पाँच बर्षपछि आइसीसी टेस्ट वरियताको शिर्षमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आज (बुधबार) टेष्ट टोलीको वरीयता सार्वजनिक गरेको छ । नयाँ वरियतामा अष्ट्रेलिया १२८ अंकसहित पहिलो स्थानमा उक्लिएको छ ।

योसँगै विगत ५ वर्षदेखि वरियताको शिर्ष स्थानमा पकड बनाउदै आएको भारत तल झरेको छ । दोस्रो स्थानमा झरेको भारत अस्ट्रेलियाभन्दा ९ अंकले पछि परेको छ ।

नयाँ वरियतामा २०१९ मे देखी २०२१ मे सम्म सम्पन्न भएका सम्पूर्ण टेस्ट शृङ्खलाहरू समावेश रहेका छन् ।

नयाँ वरीयतामा इङ्ल्यान्ड ९७ बाट ८८ अंकमा झरेको छ भने उसले ९ अंक गुमाएको छ । नयाँ कप्तान बेन स्टोक्सले इंग्ल्याण्डको टेष्ट टिमको कप्तानी सम्हालेका छन् । तर पछिल्लो १२ महिनामा इंग्ल्याण्डले एउटा मात्र टेस्ट जितेको थियो ।

आईसीसीका अनुसार नयाँ रेटिङमा इङ्ल्यान्डको सन् १९९५ पछि सबैभन्दा कम अंक हो । सन् २०१८ मा भारत बिरुद्धको सिरिज ४ १ ले जितेपछि इङ्ल्यान्ड वरीयतामा लगातार तल झरेको छ। यद्यपि, आगामी महिनाहरूमा टोलीको रेटिङमा सुधार हुन सक्ने सम्भावना रहेको छ ।

आईसीसीका अनुसार वरियतामा अफगानिस्तान र आयरल्याण्डले केही टेष्ट खेल खेल्न बाँकी रहेकाले १० टोलीहरू समावेश छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.