लेख विवरण

अष्ट्रेलिया सरकार बिरुद्ध टेनिस स्टार नोभाक जोकोभिचको कानुनी जित

अष्ट्रेलिया सरकार बिरुद्ध टेनिस स्टार नोभाक जोकोभिचको कानुनी जित

एजेन्सी । अष्ट्रेलियन ओपनको सुरुहुनु अघिनै नोभाक जोकोभिच विजयी भएका छन् । उनको यो जित टेनिस कोर्ट बाहिर अष्ट्रेलिया सरकार बिरुद्ध रहेको छ । आफ्नो उपाधि जोगाउन मेलबर्न पुगेका विश्व नम्बर एक खेलाडीलाई अध्यागमनले विमानस्थलमै रोकेको थियो । र उनको भिसा खारेज गरियो। जसकारण जोकोभिच एयरपोर्टमै अड्किए र उनले डिटेन्सन सेन्टरमा पाँच रात बिताउनुपर्‍यो। अब जोकोभिकलाई कोरोना भ्याक्सिनसँग सम्बन्धित सम्पूर्ण मामिलामा अदालतबाट ठूलो राहत मिलेको छ ।

सोमबार भएको महत्वपूर्ण सुनुवाईमा न्यायाधीशहरुले जोकोभिचको पक्षमा फैसला गर्दै भिसा रद्द नगर्न आदेश दिएका छन । यससँगै उनलाई तत्काल हिरासत केन्द्रबाट अन्यत्र सार्ने निर्णय भएको छ । अब डिफेन्डिङ च्याम्पियन र सर्वाधिक नौ पटकको विजेता जोकोभिच अस्ट्रेलियन ओपनमा आफ्नो १० औं उपाधिका लागि भिड्न पाउने भएका छन।

मुद्दाको सुनुवाइ सोमवार नेपाली समय अनुसार बिहान ४.४५ बजे सुरु भएको थियो । त्यसपछि अदालतको लाइभ स्ट्रिमिङ क्र्यास भयो, यद्यपि केही समयपछि त्यसलाई ठीक गरिएको थियो।

अदालतको आदेशको बाबजुद पनि अष्ट्रेलिया सरकारले अझै हार मान्न तयार नभएको देखिएको छ । अष्ट्रेलिया सरकारका गृहमन्त्रीले जोकोभिचलाई अहिले पनि देश बाहिर पठाउने अधिकार सरकारसँग रहेको बताएका छन ।

जोकोभिचको समर्थनमा उनका फ्यानहरूले बेलग्रेडमा र्‍याली निकालेका थिए, जसमा अभिभावकहरूले पनि भाग लिएका थिए। अस्ट्रेलियन ओपन जनवरी १७ बाट सुरु हुँदैछ । जोकोभिककी आमा याना जोकोभिचले भनिन्, ‘आज ठूलो दिन थियो । आज सारा संसारले सत्य सुनेको छ। योसँगै उनले जोकोभिचलाई अमानवीय व्यवहार गरेको पनि आरोप लगाएकी छिन ।

अष्ट्रेलिया सरकारले ५ डिसेम्बरमा मेलबर्न पुगेका जोकोभिक भिसा रद्द गरेको थियो । कारण उनले कोरोना खोप नियममा चिकित्सा छूटको मापदण्ड पूरा गरेका थिएनन। अष्ट्रेलिया आउने हरेक नागरिकले कोभिड–१९ को दुवै डोज लगाउनु पर्ने हुन्छ । तर जोकोभिचले आफूलाई गत महिना कोरोना पोजेटिभ भएको र एन्टिबडी रहेको प्रमाण भएकोले खोपको प्रमाणपत्र दिन आवश्यक नरहेको तर्क गरेका थिए।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.