लेख विवरण

अस्ट्रेलियन ओपन जितेर शीर्ष स्थानमा फर्किए जोकोभिच

अस्ट्रेलियन ओपन जितेर शीर्ष स्थानमा फर्किए जोकोभिच

काठमाडौंँ । नोभाक जोकोभिच आफ्नो १० औं अष्ट्रेलियन ओपनको उपाधि जितेर सोमबार जारी गरिएको नयाँ एटिपी वरियतामा पहिलो स्थानमा फर्किएका छन् । आइतबार भएको फाइनलमा जोकोभिचले स्टेफानोस सित्सिपासलाई ६-३, ७-६(४), ७-६(५) ले पराजित गर्दै २२औं ग्रान्डस्लाम उपाधि जितेका हुन् । आइतबार राति सबैभन्दा धेरै ग्रान्डस्लाम उपाधि जित्ने सूचीमा उनले राफेल नाडालको किर्तिमान बराबरी गरे ।

सर्बियाली खेलाडी जोकोभिच विश्व नम्बर ५ बाट चार स्थान माथि उक्लिएर शीर्ष स्थानमा पुगेका छन् । अर्कोतर्फ, राफेल नाडाल अस्ट्रेलियन ओपनको दोस्रो चरणमा अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डसँग पराजित भएपछि छैटौं स्थानमा झरेका छन् ।

आफ्नो करियरको दोस्रो ग्रान्डस्लामको फाइनल पुगेपछि, सित्सिपास एक स्थान माथि उक्लिदै विश्व वरियताको तेस्रो स्थानमा पुगेका छन । उनी वरियतामा जोकोभिचभन्दा ८७५ अंकले पछाडि छन्। डेनमार्कका होल्गर रुने नयाँ वरियतामा ९ औं स्थानमा पुगेका छन् । गत वर्षका उपविजेता ड्यानिल मेदभेदेव शीर्ष १० बाट बाहिरिएपछि चार स्थान तल झर्दै १२ औं स्थानमा पुगेका छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.