अस्ट्रेलियन ओपन टेनिसको उपाधि नाडाललाई
एजेन्सी । अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्पेनिस स्टार राफेल नाडालले जितेका छन । मेलवर्नमा आइतबार साँझ सम्पन्न फाइनलमा नाडालले रुसी खेलाडी ड्यानियल मेड्भेडेभलाई हराए ।
रोचक फाइनलमा पाँचौँ वरीयताका नाडालले दोस्रो वरीयताका मेड्भेडेभलाइ २–६, ६–७ ९५–७०, ६–४, ६–४, ७–५ ले हराए । पाँच घण्टा २४ मिनेट चलेको भिडन्त नाडालले सुरुको दुई सेट गुमाएपनि पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गरेका थिए । यससँगै नाडालले कीर्तिमानी २१औं ग्रान्डस्लाम उपाधि हात पारेका छन । पुरुष एकलतर्फ उनी सर्वाधिक ग्रान्डस्लाम जित्ने एक्लो खेलाडी पनि बने ।
नाडालको यो दोस्रो अस्ट्रेलियन ओपन उपाधि हो । सन् २००३ बाट ग्रान्डस्लाममा डेब्यु गरेका नाडालले १३ पटक फ्रेन्च ओपन, दुई पटक विम्बलडन र चार पटक युएस ओपन जितेका छन । यसअघि यस कीर्तिमान रोजर फेडेरर, नोभाक जोकोभिच र नाडालकै नाममा थियो ।

टिप्पणी लेख्नुहोस्