लेख विवरण

अस्पताल भर्ना भएका पेलेको स्वास्थ्यमा सुधार

अस्पताल भर्ना भएका पेलेको स्वास्थ्यमा सुधार

काठमाडौं । श्वासप्रश्वास संक्रमणका कारण अस्पताल भर्ना भएका ब्राजिलका फुटबल लिजेन्ड पेलेको स्वास्थ्यमा सुधार भइरहेको छ । कोरोना संक्रमणका कारण अवस्था नाजुक बन्दै गएपछि उनी नोभेम्बर २९ मा अस्पताल भर्ना भएका थिए ।

अल्बर्ट आइन्स्टाइन अस्पतालका डाक्टरहरूले उनी अस्पतालबाट कहिले डिस्चार्ज हुने भन्ने अझै थाहा नभएको बताएका छन् । अस्पतालले जारी गरेको विज्ञप्तिमा उनको अवस्था स्थिर रहेको र उनी सचेत रहेको बताइएको छ ।

तीन पटकको विश्वकप विजेता पेले क्यान्सरको उपचारका लागि केमोथेरापी पनि गराइरहेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.