लेख विवरण

आइतबारदेखि सुरु हुने फिफा विश्वकप करिब पाँच अर्ब मानिसहरुले हेर्ने

आइतबारदेखि सुरु हुने फिफा विश्वकप करिब पाँच अर्ब मानिसहरुले हेर्ने

काठमाडौं । कतारमा नोभेम्बर २० बाट सुरु हुने फिफा विश्वकप फुटबल प्रतियोगिता विश्वभरका करिब पाँच अर्ब मानिसले हेर्ने भएका छन । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप अघिको एक अन्तर्वार्तामा यो कुरा बताएका छन ।

ईन्डोनेसियाको बालीमा जारी जि-२० शिखर सम्मेलनमा सहभागिता जनाएका इन्फान्टिनोले विश्वका नेताहरूलाई तनाव र द्वन्द्व छोडेर विश्वकपको मजा लिन आग्रह गरेका छन। फिफा विश्वकप नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुँदैछ ।

"विश्वकप आनन्द र एकताको अवसर हो," इन्फान्टिनोले भने। "यसले आशाको सन्देश दिन्छ ।" विश्वभर करोडौं अमेरिकी डलरको जीडीपी, लाखौं रोजगारी सृजना र आर्थिक बृद्धिमा टेवा पु¥याउने फुटबल एउटा महत्त्वपूर्ण आर्थिक गतिविधि भएको फिफा अध्यक्षले बताए । उनले कतारमा हुने विश्वकप विश्वको आधा भन्दा बढी जनसंख्या करिब ५ अर्ब मानिसले हेर्ने अपेक्षा गरेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.