लेख विवरण

आइपिएल २०२३ : घरेलु मैदानमा राजस्थान रोयल्सको लज्जास्पद हार

आइपिएल २०२३ : घरेलु मैदानमा राजस्थान रोयल्सको लज्जास्पद हार

काठमाडौंँ । आइपिएल २०२३ को ६० औं खेल आइतबार जयपुरको सवाई मानसिंह स्टेडियममा खेलिएको थियो । राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । जवाफमा राजस्थानको टोली १०.३ ओभरमा ५९ रनमा सिमित भयो । र खेल आरसीबीले ११२ रनले जित्यो । जारी सिजनमा बैंगलोरको यो छैटौं जित हो।

१७२ रनको लक्ष्य पछ्याएको राजस्थानको सुरुवात निकै खराब रह्यो । खेलको दोस्रो बलमा मोहम्मद सिराजले यशस्वी जयवाललाई विराट कोहलीको हातमा क्याच आउट गराए । पछिल्लो खेलमा शतक प्रहार गरेका यशस्वीले आज खाता पनि खोल्न सकेनन् । उनले दुई बलको सामना गरे। दोस्रो ओभरमा वेन पार्नेलले राजस्थानको टप अर्डर धराशायी बनाए । उनले दोस्रो बलमा ओपनर जोस बटलरलाई प्याभिलियन पठाए । बटलरले पनि खाता नखोल्दै सिराजलाई क्याच दिए ।

सोही ओभरको चौथो बलमा पारनेलले कप्तान सञ्जु सामसनको विकेट लिए । सञ्जुले ५ बलमा ४ रन बनाएर अनुज रावतलाई क्याच दिए । ७ रनमै राजस्थानको तीन विकेट खसेको थियो । राजस्थानलाई पाँचौं ओभरको दोस्रो बलमा चौथो झटका लाग्यो। देवदत्त पडिक्कलको विकेट माइकल ब्रेसवेलले लिए । पडिक्कलले ४ बलमा ४ रन बनाए । पावरप्लेको अन्तिम ओभरमा राजस्थानको पाँचौं विकेट खसेको थियो । वेन पार्नेलले जो रुटलाई एलबीडब्ल्यू आउट गरे । आईपीएलको पहिलो सिजन खेलीरहेका रुटले १५ बलमा १० रन मात्र बनाउन सके ।

पावरप्लेमा राजस्थानको स्कोर ५ विकेटको क्षतिमा २८ रन थियो । राजस्थानलाई सातौं ओभरमा छैटौं झटका लाग्यो। माइकल ब्रेसवेलले ध्रुव जुरेललाई प्याभिलियन पठाए । उनले पनि आज खासै केही गर्न सकेनन् र ७ बलमा १ रन बनाएर प्याभिलियन फर्किए । आठौं ओभरको अन्तिम बलमा आर अश्विन रनआउट भए । उनले एक बल पनि सामना गर्न पाएनन् । अनुज रावतको चतुरताले आरसीबीले अर्को विकेट हात पार्यो । १० औं ओभरमा हेटमायर आउट भए । उनले १९ बलमा ३५ रन बनाए । उनी बाहेक एडम जाम्पाले २ रन बनाउदा केएम आसिफले खाता खोल्न सकेनन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.