लेख विवरण

आइपीएल नो बल प्रकरण : पन्तको म्याच शुल्क कटौती, आमरेमाथी प्रतिबन्ध

आइपीएल नो बल प्रकरण : पन्तको म्याच शुल्क कटौती, आमरेमाथी प्रतिबन्ध

काठमाडौं । दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच शुक्रवार भएको आईपीएल २०२२ को खेलमा नो बल प्रकरणको बिषयमा आईपीएल व्यवस्थापक समितीले कारबाही गरेको छ । व्यवस्थापकले दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तको शत प्रतिशत म्याच फी कटौती गरेको छ ।

मैदानमा रहेका अम्पायरसँग अभद्र व्यवहार गरेका कारण क्यापिटल्सका सहायक कोच प्रवीण आमरेमाथी पनि व्यवस्थापकले कारबाही गरेको छ । उनको शत प्रतिशत म्याच फी कटौती गर्दै एक खेलमा प्रतिबन्ध लगाइएको छ ।

कप्तान पन्त सहायक कोचसँगै टोलीका सदस्य शार्दुल ठाकुरको पनि ५० प्रतिशत म्याच फी कटौती गरिएको छ ।

पन्तले आईपीएल आचारसंहिताको धारा २.७ बमोजिम स्तर २ को अपराध गरेको स्विकार गरेका छन । उनीसँगै प्रवीण र शार्दुलले पनि आ आफ्नो अपराध स्विकार गरेका छन ।

खेलमा बिबाद दिल्ली क्यापिटल्सको पारी अन्तिम ओभरमा पुगेपछि सुरुभएको थियो । अन्तिम ओभरमा बलिङ गर्न आएका ओबेद मकाएले ओभरको तेस्रो बल हाइ फुलटस फाले । उनको बललाई स्ट्राइकमा रहेका रोवमन पावेलले छक्काको लागि पुल गरे । त्यसपछि अम्पायरले छक्काको इशारा गरे । तर क्यापिटल्सका खेलाडीले उक्त बल नो बल हुनेछ भन्ने आशा गरेका थिए । त्यसपछि रोवमन पावेल र नन स्ट्राइकमा रहेका कुलदिप यादबले अनफिल्ड अम्पायर नितिन मेनन र निखिल पटवर्धनसँग बहस गर्न पुगे ।

नियम अनुसार तेस्रो अम्पायरले पनि यो बलमा हस्तक्षेप गर्न सक्थे तर त्याहाँ विकेट खसेको थिएन । मैदानभित्र दुबै ब्याटसम्यानले अम्पायरसँग बहस गरिरहे । यसैबीच क्यापिटल्सका कप्तान पन्तले टोलीका सहायक प्रशिक्षक प्रवीण अमरेलाई मैदानमा पठाए । अर्कोतर्फ शेन वाटसन पन्तलाई शान्त बनाउन गए । योसँगै राजस्थान रोयल्सका लागि शतकीय पारी खेलेका जोश बटलर पनि पन्तलाई सम्झाउन गए । उनी पन्तको यो व्यवहार प्रति खुशी थिएनन ।

यसैगरी इंग्ल्याण्डका पूर्व कप्तान केभिन पिटर्सनले पनि पन्त र अमरेको व्यवहारप्रति पनि असन्तुष्टि व्यक्त गरे । वानखेडे स्टेडियममा स्टार स्पोर्ट्ससँग कुरा गर्दै उनले कप्तान र प्रशिक्षकको कडा आलोचना गरे।उनले भने, 'रिकी पोन्टिङ मैदानमा भएको भए हामीले आज यस्तो घटना देख्ने थियौं जस्तो मलाई लाग्दैन। जस बट्लरले आएर पन्तलाई के भइरहेको छ भनेर सोध्ने उनीसँग अधिकार थियो । आफ्नो प्रशिक्षकलाई मैदानमा अम्पायरसँग बहस गर्न पठाउनु खेलको मनोभाव विपरीत हो। धेरै पटक खेलको क्रममा बलले ब्याटलाई नछुदा पनि अम्पायरले खेलाडीलाई गल्तीले पेभेलियन पठाएको घटनाहरु भएका छन ।'

वाट्सनसँग सहमत हुँदै पिटरसेनले पनि आमरेको भूमिकाप्रति निन्दा गर्दै भने, 'अन्तिम आधा घण्टाको दृश्य क्रिकेटका लागि राम्रो होइन। यो एउटा ठूलो गल्ती थियो किनभने प्रशिक्षक मैदानमा बहस गर्न जानु ठुलो गल्ती हो । किनभने तपाई प्रशिक्षक हो, जो ड्रेसिङ रुमको सबैभन्दा प्रतिष्ठित ब्यतिm मध्ये एक हुन्छन । ऋष्भ पन्तले आफ्ना खेलाडीलाई फिर्ता बोलाइरहेका थिए र यो मलाई अस्वीकार्य छ। मलाई आशा छ कि अब यस्तो घटना फेरि कहिल्यै हुँनेछैन किनभने तपाईँ यसरी क्रिकेट खेल्न सक्नुहुन्न।'

टिप्पणी लेख्नुहोस्

Please Login to comment.