लेख विवरण

आइसीसी वरियतामा नेपाल १५औं स्थानमा

आइसीसी वरियतामा नेपाल १५औं स्थानमा

काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले बुधवार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लेको हो । केही दिनअघि मात्रै १७औं स्थानबाट १६औं स्थानमा उक्लेको नेपालले यस पटक ओमानलाई पछि पारेको हो ।

पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा स्थान बनाएको नेपालले वरीयतामा चार स्थान सुधार गरिसकेको छ । नेपालले लिग टु मा १२ खेल खेल्दा ११ जितेको छ । गत हप्ता घरेलु मैदानमा नेपालले लिग टु को अन्तिम शृखंद्याको अन्तिम खेलमा यूएईलाई पराजित गरेको थियो । एसोसिएट राष्ट्रहरुमध्ये नेपालभन्दा अघि स्कटल्याण्ड (१२औं) र नेदरल्याण्ड्स (१४औं) स्थानमा छ । भारत ओडीआई वरीयताको शीर्ष स्थानमा छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.