लेख विवरण

आईएसएफका सदस्य कार्की इजरायल र दुबई जाँदै

आईएसएफका सदस्य कार्की इजरायल र दुबई जाँदै

काठमाडौं । आईएसएफका सदस्य राजकुमार कार्कीले दुबई र इजरायलमा हुने कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।

कार्कीले पहिला दुबइमा मे १३ देखि १५ तारिखसम्म हुने अन्तर्राष्ट्रिय स्पोर्ट्स मिटमा सहभागिता जनाउने छन् । त्यहाँ उनले स्पोर्ट्स साइन्स एन्ड फिजिकल एडुकेसनमा आधारित कार्यपत्र प्रस्तुत गर्ने छन् ।

त्यसपछि उनी आईएसएफको प्रतिनिधिका रुपमा मे १६ देखि २३ तारिखसम्म इजरायलमा हुने आईएसएफ विश्व स्कुल बिच भलिबल च्याम्पियनसिपमा सहभागी हुने छन् ।

कार्की शुक्रबार दुबई प्रस्थान गर्दै छन् । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.