लेख विवरण

आईटीएफ एसिया यु–१२ टिमका लागि टेनिस खेलाडी छनोट

आईटीएफ एसिया यु–१२ टिमका लागि टेनिस खेलाडी छनोट

काठमाडौं । आईटीएफ एसिया यु–१२ टिम प्रतियोगिताअन्तर्गत दक्षिण एसियाली क्षेत्रीय क्वालिफाइङका लागि नेपाली टेनिस खेलाडी छनोट भएका छन् । ब्वाइज/गल्र्समा ३–३ गरी ६ खेलाडी छनोट प्रतियोगिताबाट छानिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल, अशभसम्राट हाडा तथा गल्र्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिस्था नुगाह श्रेष्ठ छानिएका छन ।

क्वालिफाइङ जुन १३ देखि १८ तारिखसम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने छ । प्रतियोगितामा सात राष्ट्रको सहभागिता रहने टेनिस संघले जनाएको छ । ब्वाइज/गल्र्समा पहिलो र दोश्रो हुने राष्ट्र फाइनल प्रतियोगिताका लागि छनोट हुनेछन् । फाइनल प्रतियोगिता भने काजाकिस्तानमा हुँनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.