लेख विवरण

आईटीएफ एसिया यु–१२ टिम टेनिसमा नेपालको अर्को पराजय

आईटीएफ एसिया यु–१२ टिम टेनिसमा नेपालको अर्को पराजय

काठमाडौं । नेपालले आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ । ब्वाइज÷गल्र्स दुवै टोलीले अर्को पराजय सामना गरेका हुन् । पहिलो दिन सोमबार नेपाल ब्वाइजमा श्रीलंकासंग ३–० तथा गल्र्समा माल्दिभ्ससंग २–१ ले पछि परेको थियो ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा पाकिस्तानले नेपाललाई ३–० ले पराजित ग¥यो । सिंगल्समा रिज्वानले आर्दित नेपाललाई ६–१ र ६–० तथा तल्हाले वृजेश अर्याललाई पनि ६–१ र ६–० को सोझो सेटमा हराए । डबल्समा ओमर जावद र तल्हाको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६–० र ६–० को सीधा सेटमा पन्छाए । भारतले बंगलादेश तथा माल्दिभ्सले भुटानलाई समान ३–० ले पाखा लगाए ।

गल्र्समा श्रीलंकाले नेपालमाथि ३–० को जित दर्ता ग¥यो । अकिसा सिल्भाले प्राज्ना मानन्धरलाई ६–० र ६–३ तथा उस्गोडाले शिभाली गुरुङलाई ४–६, ६–१ र ६–१ को सेटमा सिंगल्समा निराश पारे । डबल्समा सिल्भा र उस्गोडाको जोडीले प्राज्ना र कर्मिस्था नुगाह श्रेष्ठको जोडीलाई ६–२ र ६–० ले पाखा लगाए । अन्य खेलमा बंगलादेशले भुटानलाई २–१ तथा भारतले माल्दिभ्सलाई ३–० ले पराजित गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.