आईपीएल मेगा अक्सन : ब्राभोले ठूलो रकम पाउने सम्भावना
काठमाडौं । आईपीएलको मेगा लिलामी १२ र १३ फेब्रुअरीमा हुने भएको छ । यस पटकको लिलामीमा वेस्टइन्डीजका स्टार खेलाडी ड्वेन ब्राभोले ठूलो रकम पाउने सम्भावना रहेको छ । ब्राभोसँग आईपीएल खेलेको लामो अनुभव छ र उनी टी–२० क्रिकेटका सबैभन्दा सफल खेलाडी पनि हुन्। आईपीएल २०२२ को मेगा लिलामीमा उनीमाथि पैसाको वर्षा हुन सक्ने छ। यस्तो अवस्थामा उनले कम्तीमा ८ करोड भारतीय रुपैया पाउने सम्भावना रहेको छ । यसअघिको लिलामीमा धोनीको टोली सिएसकेले उनीमाथि बाजी लगाएको थियो ।
धोनीको टोली चेन्नई सुपर किंग्सलाई च्याम्पियन बनाउन ब्राभोको महत्वपूर्ण योगदान रहेको छ । सिएसकेले पनि प्रायः अलराउन्डर खेलाडीहरुमाथी पैसा खर्च गर्ने गर्छ । यदि तपाईंले सिएसकेको प्लेइङ ११ हेर्नुभयो भने, त्याहाँ प्रायः अलराउन्डर खेल देखाउने क्षमता भएक खेलाडीहरूसँग पाउनुहुनेछ। यस्तो अवस्थामा टोलीले फेरि एकपटक ड्वेन ब्राभोलाई ठूलो बोली लगाएर आफ्नो पक्षमा पार्ने प्रबल सम्भावना रहेको छ ।
आरसीबीको कप्तानबाट विराट कोहलीले राजीनामा दिई सकेका छन । त्यसकारण बैंगलोर टोली पनि अलराउन्डर र कप्तान बन्न सक्ने खेलाडीको खोजीमा रहेको छ । यस्तो अवस्थामा ड्वेन ब्राभो आरसीबी टोलीमा आउन सक्ने सम्भावना पनि रहेको छ । ब्राभोसँग कप्तानीको पनि अनुभव छ ।
मुम्बई इन्डियन्सले पनि ड्वेन ब्राभोलाई किन्ने सम्भावना रहेको छ । ब्राभो मुम्बईको टोलीबाट खेलि सकेका खेलाडी हुन, उनी मुम्बई इन्डियन्सका उपकप्तान किरोन पोलार्डका असल साथी पनि हुन्। पोलार्डले धेरै पटक ब्राभोको प्रशंसा गरेको सुनिएको छ, ब्राभोले पोलार्ड कप्तान बनेपछि वेस्ट इन्डिजको टोलीमा सन्यासको निर्णय त्यागेर फर्किएपछि थिए।

टिप्पणी लेख्नुहोस्