आईपीएल लखनउ फ्रेन्चाइजीको नाम घोषणा
लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) को लखनउ फ्रेन्चाइजी लखनऊ सुपर जायन्ट्स भएको छ । टोलीका मालिक सञ्जीव गोयन्काले सोमबार एक भिडियो सन्देश मार्फत टोलीको नाम सार्वजनिक गरेका छन।
आरपीएसजी समूहको स्वामित्वमा रहेको लखनउ टोलीले नामको लागि सर्मथकहरुसँग राय मागेको थियो, त्यसपछि टोलीको नाम लखनऊ सुपर जायन्ट्स राख्ने निर्णय गरियो।
टोलीको नाम घोषणा गर्दै गोयन्काले भने, "नाम बनाऔं नाम कमाऔ" प्रतियोगितामा याहाँहरुको उत्साहजनक प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद। लाखौं मानिसहरूले प्रतिक्रिया दिए, जसको आधारमा हामीले लखनऊ आईपीएल टोलीको लागि नाम छनोट गर्न पाउँदा धेरै खुसी छौं।' उनले भने, ‘तपाईहरुको सुझावका आधारमा हामीले लखनउ सुपर जायन्ट्स नाम छनोट गरेका छौं । तपाईको प्रतिक्रिया र मायाको लागि धेरै धेरै धन्यवाद। भविष्यमा पनि हामीलाई साथ दिनुहोस्।'
लखनऊ सुपर जायन्ट्सको टोलीलाई सञ्जीव गोयन्काले ७ हजार ९० करोड भारतीय रुपैयाँमा किनेका थिए । लखनऊ र अहमदाबाद यस वर्षको आईपीएलमा दुई नयाँ टोली हुनेछन्। लिगमा अहिले १० टोली छन्।
लोकेश राहुलले यस पटकको आईपीएल सिजनमा लखनउ फ्रेन्चाइजीको जिम्मेवारी सम्हाल्ने भएका छन् । टोलीले खेलाडीको लिलामी अघिनै मार्कस स्टोइनिस र रवि बाश्नोईलाई अनुबन्ध गरि सकेको छ ।

टिप्पणी लेख्नुहोस्