लेख विवरण

आईपीएलबाट किरोन पोलार्डको सन्यास

आईपीएलबाट किरोन पोलार्डको सन्यास

काठमाडौं । वेस्टइन्डीज क्रिकेट टोलीका पूर्व अलराउन्डर किरोन पोलार्डले इन्डीयन प्रिमियर लिग (आइपीएल)बाट सन्यास लिएका छन । गत अप्रिलमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले अन्ततः आइपीएलबाट पनि सन्यास लिएका छन । ३५ बर्षीय पोलार्ड आइपीएल टोली मुम्बई इन्डीयनमा आबद्ध रहेका थिए । सन्यास पछि मुम्बईले उनलाई रिलिज गरेको छ ।

आईपीएलमा उनले मुम्बईका लागि ३ हजार भन्दा बढी रन बनाएका छन । साथै उनको नाममा ५० भन्दा बढी विकेट रहेको छ ।

सन् २०१० मा आइपीएल डेब्यु गरेका पोलार्डले सन्यास सम्म एउटै टोली मुम्बई इन्डीयन्समा आवद्ध रहे ।

उनले आईपीएलका साथै पाकिस्तान सुपर लिग, ग्लोबल टी-२० लिग, क्यारेवियन प्रिमियर लिग, बङलादेश प्रिमियर लिग, टी-१० लिग लगायताका चर्चित लिगहरु खेलेका छन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.