लेख विवरण

आईपीएलमा दिल्लीको तेस्रो हार, राजस्थान ५७ रनले विजयी

आईपीएलमा दिल्लीको तेस्रो हार, राजस्थान ५७ रनले विजयी

काठमाडौंँ । ऋषभ पन्तको अनुपस्थितिमा खेलिरहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिगको जारी सिजनमा तेस्रो हार बेहोरेको छ । टोली राजस्थान रोयल्ससँग ५७ रनले पराजित भएको हो । दिल्लीमाथि राजस्थानको यो चौधौं जित हो।

गुवाहाटीको बारासपारा क्रिकेट रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनायो । २०० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्र जोड्न सक्यो ।

खेलमा राजस्थानका ओपनरहरुले उत्कृष्ट सुरुवात गरेका थिए । यशस्वी जैसवाल (३१ बलमा ६०) र जोस बटलर (५१ बलमा ७९)ले ५१ बलमा ९८ रनको साझेदारी गरे । शिमरोन हेटमायरले २१ बलमा अविजित ३९ रन खेल्दै टोलीको स्कोर २०० को नजिक पुर्याएका थिए । यस क्रममा ४ छक्का र १ चौका प्रहार गरे । यशस्वी जैसवालले जारी सिजनमा लगातार दोस्रो अर्धशतक बनाए । समग्रमा उनको यो पाँचौं अर्धशतक हो। जैसवाल बाहेक जोस बटलरले आईपीएलमा १७ औं अर्धशतक पूरा गरे । यी दुईबीच ९८ रनको ओपनिङ साझेदारी भयो । बटलरले पछि हेटमायरसँग चौथो विकेटका लागि ४९ रन जोडे। दिल्लीका मुकेश कुमारले दुई विकेट लिए । कुलदीप यादव र रोभमान पावेलले एक–एक विकेट लिए ।

ट्रेन्ट बोल्डले पहिलो ओभरमै दिल्ली दुई विकेट लिएपछि टोली दबाबमा आएको थियो । त्यतिबेला दिल्लीले खाता पनि खोल्न सकेको थिएन । पावरप्लेमा टोलीले ३८ रन बनाएर ३ विकेट गुमाएको थियो । मध्य क्रममा वार्नर(यादवले इनिङ्स सम्हाल्ने प्रयास गरे तर असफल रहे । राजस्थानका चहल र अश्विनले दिल्ली मध्यक्रमलाई चल्न दिएनन् । अन्ततः दिल्लीले खेल हार्यो ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.