लेख विवरण

आईपीएलमा पहिलो पटक एक हजारभन्दा बढी छक्का

आईपीएलमा पहिलो पटक एक हजारभन्दा बढी छक्का

काठमाडौं । आईपीएल २०२२ को लिग चरणका खेलहरू सम्पन्न भइसकेका छन् र मंगलबारबाट प्लेअफका खेलहरू सुरु हुँदैछ। प्रतियोगितामा अहिलेसम्म जोस बटलर र लियाम लिभिङस्टोनजस्ता ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै ६ छक्का प्रहार गरेका छन् । योसँगै युजभेन्द्र चहल र भानिन्दु हसरंगा जस्ता बलरले धेरै विकेट लिएका छन् ।

आईपीएल २०२२ मा एकै सिजनमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान पनि तोडिएको छ । जारी सिजनमा एक हजारभन्दा बढी छक्का प्रहार भएका छन् । आईपीएलको इतिहासमा एकै सिजनमा १००० भन्दा बढी छक्का प्रहार भएको यो पहिलो पटक हो । यो सिजनमा ब्याट्सम्यानले लिगका ७० खेलमा १ हजार १ छक्का प्रहार गरेका छन् । १ प्लेअफ २ एलिमिनेटर र फाइनल खेल हुन बाँकी रहेकाले यो संख्या अझै बढन सक्छ ।

यसअघि आइपिएल २०१८ मा सबैभन्दा बढी छक्का प्रहार भएको थियो। उक्त सिजनको ६० खेलमा ८७२ छक्का प्रहार गरिएको थियो । आईपीएल २०२२ मा यो किर्तिमान ६२ औं खेलमा नै तोडिएको छ। त्यसपछि ७०औं खेलमा एक हजार छक्का पूरा भयो । यी दुई सिजन बाहेक अन्य कुनै सिजनमा ८०० छक्का प्रहार भएको छैन ।आईपीएल २०१९ मा ७८४ छक्का प्रहार गरिएको थियो, जुन धेरै छक्काको लागि तेस्रो उत्कृष्ट रेकर्ड हो। आईपीएल २००९ मा सबैभन्दा कम ५०६ छक्का प्रहार गरिएको थियो।

जारी सिजनमा छक्का प्रहार गर्नेमा इंग्ल्याण्डका जोस बटलर सबैभन्दा अगाडि छन् । उनले १४ खेलमा ३७ छक्का प्रहार गरेका छन् । योसँगै लियाम लिभिङस्टोनले ३४ छक्का प्रहार गरेका छन् । यो सूचीमा आन्द्रे रसेल ३२ छक्कासहित तेस्रो, केएल राहुल २५ छक्कासहित चौथो र रोभम्यान पावेल २२ छक्कासहित पाँचौं स्थानमा छन् । तर अब रसल, लिभिङस्टोन र पावेलसँग खेल्नको लागि कुनै खेल छैन। यस्तो अवस्थामा सबैभन्दा बढी छक्काको कीर्तिमान बटलरको नाममा रहने सम्भावना छ, किनभने राहुल उनीभन्दा धेरै पछाडि छन् ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.