लेख विवरण

आईपीएलमा राजस्थानको धमाकेदार सुरुवात

आईपीएलमा राजस्थानको धमाकेदार सुरुवात

काठमाडौंँ । इन्डियन प्रिमियर लिगको १६ औं सिजनमा राजस्थान रोयल्सले धमाकेदार सुरुवात गरेको छ । आईपीएलको चौथो खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई उसैको घरेलु मैदानमा ७२ रनको ठूलो अन्तरले पराजित गरेको हो । टोलीले १० औं पटक २०० वा सो भन्दा बढी स्कोरको लक्ष्य पुरा गरेको हो ।

हैदरावादमाथि राजस्थानको यो समग्रमा ९ औं जित हो । दुवै टोली १७ पटक आमनेसामने भएका छन् । जसमा हैदरावादले ८ खेल मात्र जितेको छ ।

हैदराबादको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो । २०४ रनको लक्ष्य पछ्याएको हैदरावादको टोलीले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि अन्तिम ओभरमा अब्दुल समदले २३ रन बनाएर जितको अन्तर घटाए । उनले नवदीप सैनीको बलमा दुई चौका र दुई छक्का प्रहार गरे।

पहिले ब्याटिङ गरेको राजस्थानको शीर्ष क्रम सफल रह्यो। टोलीका शीर्ष ३ ब्याट्सम्यानले अर्धशतक बनाए । पहिले जोस बटलरले २० बलमा अर्धशतक पूरा गरे। त्यसपछि यशस्वी जैसवालले अर्धशतक बनाए । यी दुईपछि कप्तान सञ्जु सामसनले २८ बलमा अर्धशतक पूरा गरे । त्यसपछि मिडल अर्डरमा हेटमायरले २२ रन बनाएर टोलीको स्कोर २०० मा पुर्याए।

२०४ रनको लक्ष्य पछ्याएको हैदरावादलाई पहिलो ओभरमै राजस्थानका बलर ट्रेन्ट बोल्टले दुई झट्का दिएका थिए । उनले अभिषेक शर्मा र राहुल त्रिपाठीलाई शून्य रनमा प्याभिलियन फर्काए । यसले गर्दा हैदरावादका ब्याट्सम्यान दबाबमा परेका थिए । मयंक अग्रवालले इनिङ्स सम्हाल्ने क्रममा २३ रन बनाएर आउट भए । बोल्टपछि होल्डर, अश्विन र युजवेन्द्र चहलले राजस्थानका लागि बाँकी विकेट लिए ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.