लेख विवरण

आईपीएल–१६ : राजस्थानले हैदरावादलाई दियो २०४ रनको लक्ष्य

आईपीएल–१६ : राजस्थानले हैदरावादलाई दियो २०४ रनको लक्ष्य

काठमाडौंँ । जोस बटलर, यशस्वी जैसवाल र सञ्जु सामसनको अर्धशतकीय इनिङ्समा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को चौथो खेलमा हैदराबादले टस जितेर राजस्थानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । टोलीका लागि जोस बटलर र यशस्वी जैसवालले विस्फोटक सुरुवात दिलाए । दुवैले ३५ बलमा ८५ रन बनाए । जैसवालले चौथो र बटलरले १६ औं अर्धशतक बनाए ।

राजस्थानका शीर्ष ३ ब्याट्सम्यानले अर्धशतकीय पारी खेले । पहिले जोस बटलरले २० बलमा अर्धशतक पूरा गरे। त्यसपछि यशस्वी जैसवालले अर्धशतक बनाए । यी दुईपछि कप्तान सञ्जु सामसनले २८ बलमा अर्धशतक पूरा गरे ।

जोस बटलर र यशस्वी जैसवालले ३५ बलमा ८५ रनको ओपनिङ पार्टनरसिप गरे । यो साझेदारी हैदरावादका फजल हक फारुकीले तोडेका थिए । उनले बटलरलाई बोल्ड गरे । ओपनिङमा आएका जोस बटलरले आफ्नो आईपीएल करियरको १६औँ अर्धशतक बनाए । उनले २० बलमा अर्धशतक पूरा गरे।बटलर २२ बलमा ५४ रन बनाएर आउट भए । उनले २४५.४५ को स्ट्राइक रेटमा रन बनाए। बटलरको इनिङ्समा ७ चौका र तीन छक्का प्रहार भयो । शिमरोन हेटमायर २२ रनमा अविजित रहे । हैदरावादका लागि फजल हक फारुकीले र टी नटराजनले समान २–२ तथा उमरान मलिकले १ विकेट लिए ।

दुबै टोलीको प्लेइङ–११

राजस्थान रोयल्स : सञ्जु सैमसन (कप्तान), यशस्वी जैसवाल, जोस बटलर, देवदत्त पडिक्कल, रियान पराग, शिमरोन हेटमायर, जेसन होल्डर, आर अश्विन, केएम आसिफ, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट।

इम्प्याक्ट प्लेयर्सः कुलदीप सेन, मुरुगन अश्विन।

सनराइजर्स हैदराबादः भुवनेश्वर कुमार (कप्तान), मयंक अग्रवाल, अभिषेक शर्मा, ह्यारी ब्रुक, राहुल त्रिपाठी, ग्लेन फिलिप्स, वाशिंगटन सुन्दर, उमरान मलिक, आदिल राशिद, टी नटराजन र फजल हक फारुकी।

इम्प्याक्ट प्लेयर्सः कार्तिक त्यागी, अनमोलप्रीत सिंह र नितिश कुमार रेड्डी।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.