आईपीएल अक्सनबाट बाहिरिए मिचेल स्टार्कले
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १५ औं सिजन अघि मेगा अक्सनको तयारी भइरहेको छ । प्रतियोगिताको नयाँ सिजनमा १० टोलीले सहभागिता जनाउने भएका छन । सिजन सुरु हुनुअघि विद्यमान आठ टोलीलाई अधिकतम ४ खेलाडी रिटेन गर्ने विकल्प दिइएको थियो । मेगा अक्सन फेब्रुवरी १२ र १३ गते हुने भएको छ, जाहा १२०० भन्दा बढी खेलाडीहरुको बोली लाग्नेछ ।
अष्ट्रेलियाका बलर मिचेल स्टार्कले अन्तिम समयमा आईपीएलको अक्सनबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन । उनले बायो–बबल (कोरोनाबाट जोगाउने सुरक्षित वातावरण) मा २२ हप्ता बिताउन नचाहेकै कारण अन्तिम समयमा आईपीएलको अक्सनबाट बाहिरिएको बताएका छन्।
स्टार्कले भने, 'म अक्सनबाट सहभागी हुनबाट एक क्लिक मात्र टाढा थिएँ, तर म व्यक्तिगत रूपमा बायो-बबलमा थप २२ हप्ता बिताउन चाहन्न। राम्रो समय आएपछि म आइपीएलमा फर्कने छु । तर अष्ट्रेलियाका लागि सकेसम्म खेल्न चाहन्छु। यो निर्णय मैले केही समय अगाडी लिएको हो।'
रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)का पूर्व खेलाडी उनले अहिलेसम्म आईपीएलको दुई सिजनमा मात्र सहभागिता जनाएका छन् । उनले यो अवधिमा २७ म्याचमा ३७ विकेट लिएका छन्। स्टार्कका लागि सन् २०१८ मा कोलकाता नाइट राइडर्सले ९.४ करोड भारतीय रुपैयाँ को बोली लगाएको थियो तर आईपीएल सिजन सुरु हुनुभन्दा केही हप्ता अघि दक्षिण अफ्रिका टुरमा चोट बोकेका कारण उनी बाहिरिएका थिए ।

टिप्पणी लेख्नुहोस्