आईपीएल-१६ मा आरसीबी केकेआरसँग दोस्रो पटक पराजित
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले तेस्रो जित हात पारेको छ । टोलीले रोयल च्यालेन्जर्स बैंग्लोरलाई उसैको घरेलु मैदानमा २१ रनले पराजित गरेको छ । जारी सिजनमा बेंगलुरुमाथि कोलकाताको यो दोस्रो जित हो।
जितसँगै नितिश रानाको कप्तानीमा रहेको कोलकाताले प्लेअफमा पुग्ने आशा जिवितै राखेको छ । टोली ६ अंकसहित अंक तालिकाको सातौं स्थानमा छ भने बेङ्लुरु ८ अंकसहित पाँचौं स्थानमा छ ।
एम चिन्नास्वामी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । जवाफमा बेंगलुरुले २० ओभरमा ८ विकेट गुमाएर १७९ रन मात्रै बनायो ।
कोलकाताका स्पिनरद्धय वरुण चक्रवर्ती र सुयश शर्माले प्रभावशाली बलिङ गर्दै ५ विकेट लिए । दुवैले बेंगलुरुको मिडल अर्डरलाई पेभेलियन फर्काए ।
टस हारेर ब्याटिङ गरेको कोलकाताको ओपनिङ जोडी सफल रह्यो । जेसन रोय (५६) र नारायण जगदीशन (२७)ले ८३ रनको ओपनिङ साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात गराए । मध्य क्रममा कप्तान नितिश राणाले ४८ र भेंकटेश अय्यरले ३१ रन बनाए । बेंगलुरुका भानिन्दु हसरंगा र विजयकुमार वैशाकले समान २–२ विकेट लिए ।
जवाफी इनिङ्समा कप्तान विराट कोहली (५४) र महिपाल लोमररले (३४) रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । टोलीका लागि मध्य क्रममा दिनेश कार्तिकले २२ रनको योगदान दिए । कोलकाताको लागि वरुण चक्रवर्तीले ३ विकेट लिए । सुयश शर्मा र आन्द्रे रसेलले २–२ विकेट लिए ।
खेलमा बेंगलुरुका कप्तान विराट कोहलीले आफ्नो करियरको ४९ औं अर्धशतक बनाए । उनले ३७ बलमा ५७ रनको इनिङ खेले। जारी सिजनमा विराटको यो पाँचौं अर्धशतक हो।

टिप्पणी लेख्नुहोस्