लेख विवरण

आईपीएल २०२२ : लिग खेल महाराष्ट्र र प्लेअफ गुजरातमा हुने सम्भावना

आईपीएल २०२२ : लिग खेल महाराष्ट्र र प्लेअफ गुजरातमा हुने सम्भावना

काठमाडौं । युएई र दक्षिण अफ्रिका क्रिकेट बोर्डहरूबाट प्रस्ताव आएपनि बीसीसीआईले इन्डियन प्रिमियर लिग (आईपीएल २०२२) को १५ औं सिजन भारतमा आयोजना गर्न सक्दो प्रयास गरिरहेको छ । रिपोर्टका अनुसार बोर्डले आईपीएल २०२२ को लिग चरणका खेलहरु महाराष्ट्रमा र प्लेअफका खेलहरु गुजरातमा आयोजना गर्ने निर्णय गरेको छ।

टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार बिहिबारको बैठकपछि बिसीसीआईले १५ औं आईपीएल सिजनका लिग खेलहरु मुम्बई र पुणेका पाँच स्टेडियममा आयोजना गर्ने र त्यसपछि प्लेअफका खेलहरु गुजरात गर्ने निर्णय गरेको छ।

आईपीएलको आगामी सिजनको लिग चरणका खेलहरु मुम्बईको तीन स्थानमा हुनेछ —वानखेडे स्टेडियम, क्रिकेट क्लब अफ इन्डियाको ब्राबोर्न स्टेडियम, नवी मुम्बईको डीवाई पाटिल स्टेडियम र महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम । यसैगरी अहमदाबादको नरेन्द्र मोदी रंगशालामा प्ले अफ का खेलहरु आयोजना हुने सम्भावना रहेको छ ।

आईपीएल भारतमा आयोजना भयो भने २५ प्रतिशत दर्शकहरुले मात्र रंगशालामा प्रवेश पाउने पनि समाचारमा जनाइएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.