आईपीएल २०२३ः आज दोस्रो खेलमा लखनउ र दिल्ली भिड्दै
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज डबल हेडर अर्थात २ खेल हुँदैछ । पहिलो खेल मोहालीमा पञ्जाब र कोलकाताबीच हुनेछ । त्यस्तै दोस्रो खेल लखनउ र दिल्लीबीच लखनउको एकना स्टेडियममा हुनेछ । लखनउ सुपरजायन्ट्स र दिल्ली क्यापिटल्सबीचको खेल साँझ ७ः३० बजे सुरु हुनेछ । केएल राहुल एलएसजीको कप्तानीमा छन् भने डेभिड वार्नरले दिल्लीको जिम्मेवारी सम्हाल्नेछन्।
डेभिड वार्नरले पहिलो पटक दिल्लीको कप्तानी गर्नेछन् । उनले आफ्नो कप्तानीमा एसआरएचलाई सन् २०१६ मा च्याम्पियन बनाएका थिए। अर्कोतर्फ दिल्लीको टोलीले एकपटक पनि आईपीएलको उपाधि जित्न सकेको छैन । दिल्ली १५ सिजन मध्ये ६ पटक प्लेअफमा पुग्दै एक पटक फाइनल खेलको छ । गत सिजनमा टोली १४ मध्ये ७ खेलमा पराजित हुँदै ५ औं स्थानमा रहेर प्रतियोगिता समाप्त गर्नु परेको थियो ।
लखनउविरुद्ध दिल्लीको टोलीमा डेभिड वार्नर, फिल साल्ट, रोभम्यान पावेल र मुस्ताफिजुर रहमान ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक पृथ्वी शा, अक्षर पटेल र कुलदीप यादव जस्ता भारतीय खेलाडीले पनि टोलीलाई बलियो बनाउनेछन् ।
केएल राहुलको कप्तानीमा रहेको लखनऊ सुपरजायन्ट्सको मनोबल सिजनको पहिलो खेलदेखी नै उच्च छ। टोली आफ्नो डेब्यू सिजनमै प्लेअफमा पुगेको थियो।
गत सिजनमा लखनऊले १४ मध्ये ९ खेल जितेर शीर्ष ४ स्थान बनाएको थियो । यसपटक निकोलस पूरनको आगमनसँगै टोली थप बलियो बनेको छ ।
दिल्ली विरुद्धमा खेलमा लखनऊले टोलीमा काइल मेयर्स, मार्कस स्टोइनिस, निकोलस पूरन र मार्क वुडलाई आफ्ना ४ विदेशी खेलाडीको रुपमा ल्याउन सक्छ । योसँगै केएल राहुल, दीपक हुडा, क्रुणाल पाण्ड्या र आवेश खान जस्ता भारतीय खेलाडीले पनि टोलीलाई बलियो बनाएको छ ।
लखनउ सुपर जायन्ट्स गत वर्षदेखी मात्र आईपीएलको हिस्सा बनेको हो । हेड–टू–हेड रेकर्डको कुरा गर्दा, गत सिजन दुवै टोली दुई पटक आमनेसामने भएका थिए । र लखनउले दुवै खेल जितेको थियो ।
दुवै टोलीको सम्भावित प्लेइङ–११
लखनऊ सुपरजायन्ट्सः केएल राहुल (कप्तान), काइल मेयर्स, निकोलस पूरन, दीपक हुडा, मार्कस स्टोइनिस, आयुष बडोनी, क्रुणाल पाण्ड्या, मार्क वुड, रवि बिश्नोई, आवेश खान र जयदेव उनाडकट।
इम्प्याक्ट प्लेयर्सः मनन वोहरा, कृष्णप्पा गौतम, स्वप्निल शर्मा, अमित मिश्रा, यश ठाकुर र मयंक यादव।
दिल्ली क्यापिटल्सः डेभिड वार्नर (कप्तान), पृथ्वी शा, मनिष पाण्डे, फिल साल्ट/रिले रुसो, सरफराज खान (विकेटकिपर), रोभमान पावेल, अक्षर पटेल, कुलदीप यादव, चेतन साकारिया, मुस्ताफिजुर रहमान र कमलेश नागरकोटी।
इम्प्याक्ट प्लेयर्सः खलील अहमद, मुकेश कुमार, इशान्त शर्मा, ललित यादव, अमन खान र यश धुल।

टिप्पणी लेख्नुहोस्