आईपीएल २०२३ः आज पहिलो खेलमा कोलकाता र पञ्जाब भिड्दै
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजन सुरुवात भइसकेको छ । प्रतियोगिता अन्तर्गत शुक्रवार भएको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्यो । योसँगै सिजनको पहिलो डबल हेडर आज खेलिनेछ । आजको पहिलो खेल दिउँसो ३ः४५ बजे शिखर धवनको पञ्जाब किंग्स (पीबीकेएस) र नितिश राणाको कोलकाता नाइट राइडर्स (केकेआर) बीच हुनेछ ।
आजै साँझ केएल राहुलको लखनऊ सुपरजायन्ट्स (एलएसजी) र डेभिड वार्नरको दिल्ली क्यापिटल्स (डीसी) बीच भिडन्त हुनेछ।
नितिश राणाको कप्तानीमा रहेको केकेआरले २ पटक आईपीएलको उपाधि जितिसकेको छ । टोलीले १५ मध्ये ७ सिजनमा प्लेअफ पुग्दै तीन पटक फाइनल खेलेको छ। गत सिजनमा केकेआरले १४ मध्ये ६ खेल मात्रै जित्न सकेको थियो । जसका कारण टोली ७औं स्थानमा रहँदै प्रतियोगिता समाप्त गर्नु परेको थियो ।
पञ्जाब विरुद्धको खेलमा केकेआरका ४ विदेशी खेलाडी रहमानुल्लाह गुरबाज, आन्द्रे रसेल, सुनिल नारायण र लोकी फर्गुसन टोलीमा रहन सक्छन् । यी बाहेक नितिश राणा, वेंकटेश अय्यर र उमेश यादव जस्ता भारतीय खेलाडीले पनि टोलीलाई बलियो बनाएको छ ।
शिखर धवनको कप्तानीमा रहेको पञ्जाब किंग्सले एउटा पनि आईपीएल उपाधि जित्न सकेको छैन। टोलीले १५ मध्ये २ सिजनमा प्लेअफ पुग्दै एक पटक मात्र फाइनल खेलेको छ । सन् २०१४ को फाइनलमा पञ्जाब केकेआरसँग पराजित भएको थियो। गत सिजनमा १४ मध्ये ७ खेल जित्दै टोलीले छैठौं स्थानमामा रहँदै प्रतियोगिता समाप्त गर्नु परेको थियो ।
पञ्जाबमा ४ विदेशी खेलाडी भानुका राजापाक्षे, म्याथ्यु सर्ट, सिकन्दर राजा, साम करण र नाथन एलिस रहेका छन् । यी बाहेक शिखर धवन, साम करण र राहुल चाहर जस्ता भारतीय खेलाडीले पनि टोलीलाई बलियो बनाएको छ ।
पञ्जाब र कोलकाताले आईपीएलको पहिलो सिजनदेखि नै आपसमा कडा प्रतिस्पर्धा गर्दै आएका छन् । सन् २०१४ को फाइनल खेल पनि यी दुई टोली बीच खेलिएको थियो, जसमा केकेआरले दोस्रो पटक आईपीएको उपाधि जितेको थियो। यी दुई टोलीबीच हालसम्म ३० खेल भइसकेका छन् । जसमध्ये नाइट राइडर्सले २० र किंग्सले १० पटक जितेको छ ।
दुवै टोलीको सम्भावित प्लेइङ–११
कोलकाता नाइट राइडर्सः नितिश राना (कप्तान), रहमानउल्लाह गुरबाज (विकेट–किपर), वेंकटेश अय्यर, रिंकु सिंह, मनदीप सिंह, आन्द्रे रसेल, सुनील नारायण, शार्दुल ठाकुर, लोकी फर्गुसन, उमेश यादव र वरुण चक्रवर्ती।
इम्प्याक्ट प्लेयर्सः अनुकुल रोय, कुलवंत खेजरोलिया, वैभव अरोरा, सुयश शर्मा।
पञ्जाब किंग्सः शिखर धवन (कप्तान), भानुका राजपाक्षे, जितेश शर्मा (विकेट–किपर), सिकन्दर रजा/म्याथ्यू सर्ट, शाहरुख खान, साम करण, ऋषि धवन, हरप्रीत ब्रार, राहुल चाहर, अर्शदीप सिंह र नाथन एलिस।
इम्प्याक्ट प्लेयर्सः अथर्व तायडे, प्रभसिमरन सिंह, शिवम सिंह, मोहित राठी।

टिप्पणी लेख्नुहोस्