लेख विवरण

आईपीएल २०२३ को लिलामी २३ डिसेम्बरका दिन कोच्चिमा हुने

आईपीएल २०२३ को लिलामी २३ डिसेम्बरका दिन कोच्चिमा हुने

काठमाडौं । आईपीएल २०२३ सिजनका लागि खेलाडीहरुको लिलामी मिति र स्थान घोषणा गरिएको छ । बिसिसीआईका अनुसार आईपीएल २०२३ को लिलामी डिसेम्बर २३ का दिन कोच्चिमा हुनेछ। यो लिलामी सन् २०२२ को तुलनामा सानो र भर्चुअल माध्यमबाट हुनेछ । जाहाँ फ्रेन्चाइनीहरुले आफ्नो टोलीमा रहेको खाली स्थान भर्ने प्रयास गर्नेछन्।

बिसीसीआईका अनुसार प्रत्येक फ्रेन्चाइजी टोलीसँग खेलाडी खरिदका लागि अन्तिम लिलामीमा बाँकी रहेको पैसाको अतिरिक्त थप ५ करोड भारतीय रुपैयाँ हुनेछ । फ्रेन्चाइजी टोलीहरुमा पञ्जाब किंग्ससँग हाल सबैभन्दा बढी ३.४५ करोड भारतीय रुपैयाँ बाँकी रहेको छ । जबकि लखनऊ सुपर जायन्ट्सले अन्तिम लिलामीमा नै सबै पैसा खर्च गरेको थियो। अब लखनऊसँग मात्र पाँच करोड भारतीय रुपैयाँ रहेको छ ।

अन्य टोलीहरु चेन्नई सुपर किंग्स (२.९५ करोड), रोयल च्यालेन्जर्स बैंगलोर (१.५५ करोड), राजस्थान रोयल्स (०.९५ करोड), कोलकाता नाइट राइडर्स (०.४५) करोड र गुजरात टाइटन्ससँग (०.१५ करोड) भारतीय रुपैयाँ बाकी रहेको छ । मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्स हरेकसँग समान ०.१० करोड भारतीय रुपैयाँ बाँकी रहेको छ।

बिसिसीआईका अनुसार नोभेम्बर १५ सम्ममा फ्रेन्चाइजी टोलीहरूले रिलिज गरेका खेलाडीको सूची बुझाउनुपर्नेछ । त्यसपछि यस वर्षको लिलामीका लागि पूल तयार हुनेछ । यस पटकको लिलामी गत वर्षको तुलनामा छोटो र एक दिन मात्र हुनेछ। यस पटकको लिलामीमा बेन स्टोक्स, स्याम कुरन र क्यामरन ग्रीन जस्ता खेलाडीहरूले भाग लिएमा जुनसुकै टोलीले पनि उनीहरूलाई लिन पाउने छन।

गत वर्षको मेगा लिलामीमा पञ्जाब, दिल्ली र लखनउले सात विदेशी खेलाडी मात्रै किनेका थिए, त्यसैले यसपटक उनीहरुको नजर विदेशी खेलाडीमाथि रहनेछ ।आईपीएल २०२२ मा ६ टोलीले इन्जुरी रिप्लेसमेन्ट गरेका थिए। अब यो पटक प्रत्येक फ्रेन्चाइजीले कुन खेलाडीलाई पुनः टोलीमा राख्ने हो त्यो निर्णय गर्न पाउने छन । किनभने टोलीसँग त्यसबेलाका घाइते भएका खेलाडी, रिप्लेसमेन्ट खेलाडी वा दुवैलाई टोलीमा राख्न सक्ने विकल्प हुनेछ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.