आईपीएल २०२३ मा आज लखनउ र चेन्नई भिड्दै
काठमाडौंँ । आईपीएल २०२३ मा आज लखनउ सुपर जायन्ट्स (एलएसजी) र चेन्नई सुपर किंग्स (सीएसके)बीचको खेल हुँदैछ। जितको ट्र्याकमा पुग्न सीएसकेले जुनसुकै अवस्थामा आजको खेल जित्नैपर्ने दबाबमा छ।
सीएसकेले आफ्नो पहिलो खेलमा गुजरात टाइटन्ससँग ५ विकेटको हार बेहोरेको थियो भने लखनउले आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्स जस्तो बलियो टोलीलाई ५० रनले पराजित गरेको थियो।
सीएसके र एलएसजीबीचको खेल आज साँझ ७ः४५ बजे चेन्नईको चेपौक मैदानमा हुँदैछ । यो मैदानमा सीएसकेले ३ वर्षपछि खेल्दै छ, जहाँ उसलाई हराउन निकै कठिन छ ।
डेभन कोनवे र ऋतुराज गायकवाडले सीएसकेको लागि आजको खेलमा एलएसजी विरुद्ध ओपनिङ गर्नेछन्। पावर प्लेमा रन लुट्न माहिर भएका कारण यी दुबैको जोडी एलएसजीका लागि खतरनाक हुन सक्छ । डेभन र ऋतुराज खेललाई क्षणभरमा मोड्न सक्ने क्षमता भएका खेलाडी हुन । गुजरात टाइटन्सविरुद्धको खेलमा ऋतुराजले ५० बलमा ९२ रनको विस्फोटक इनिङ खेलेका थिए ।
सीएसकेको लागि मोइन अली तेस्रो नम्बरमा ब्याटिङ गर्न आउनेछन्। त्यस्तै इंग्ल्याण्डका घातक अलराउन्डर बेन स्टोक्स चौथो नम्बरमा आउनेछन् । सीएसकेले अम्बाती रायुडुलाई पाँचौं नम्बरमा ब्याटिङ गर्न लगाउने छ।
भारतका विस्फोटक अलराउन्डर शिवम दुबे सीएसकेको प्लेइङ इलेवनमा छैठौं नम्बरमा ब्याटिङ गर्न आउनेछन । कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीले ७ औं नम्बरमा ब्याटिङ गर्नेछन ।
चेन्नई सुपर किंग्सको प्लेइङ इलेभेनमा रविन्द्र जडेजाले स्पिन विभागको नेतृत्व गर्नेछन् भने उनलाई मिचेल सान्टनरले साथ दिनेछन्।
चेन्नईले फास्ट बलरमा सिमरनजीत सिंह र दीपक चाहरलाई मौका दिन सक्छ ।
चेन्नई सुपर किंग्सको सम्भावित प्लेइङ इलेवन :
डेभोन कोनवे, ऋतुराज गायकवाड, मोइन अली, बेन स्टोक्स, अम्बाती रायडु, शिवम दुबे, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, मिचेल सान्टनर, सिमरनजीत सिंह र दीपक चहर।

टिप्पणी लेख्नुहोस्