आईपीएल २०२३ : आरआरले जीटीलाई दियो ११९ रनको लक्ष्य
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई जितका लागि ११९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थान १७.५ ओभरमा ११८ रनमा अलआउट भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानको सुरुवात निकै खराब रह्यो । जोस बटलर दोस्रो ओभरमा क्याच आउट भए । उनले ६ बलमा ८ रन बनाए । त्यसपछि कप्तान सञ्जु सामसनले यशस्वी जैसवालसँग मिलेर इनिङ्स सम्हाल्ने प्रयास गरे । दुवैले दोस्रो विकेटका लागि ३६ रन जोडे। पावरप्लेको अन्तिम ओभरमा यशस्वी पनि रनआउट भए । उनले ११ बलमा १४ रन बनाए ।
अर्को ओभरमा कप्तान सञ्जु पनि हार्दिक पाण्ड्याको हातबाट क्याच आउट भए । उनले २० बलमा ३० रनको इनिङ खेले । आठौं ओभरको अन्तिम बलमा राशिद खानले आर अश्विनलाई बोल्ड गरे। अश्विनले ६ बलमा २ रन बनाए । इम्प्याक्ट खेलाडी रियान पराग १० औं ओभरको दोस्रो बलमा एलबीडब्ल्यू आउट भए । उनले ६ बलमा ४ रन मात्र बनाए । ७७ रनमा राजस्थानको छैटौं विकेट खसेको थियो । त्यसपछि देवदत्त पडिक्कललाई नूर अहमदले बोल्ड गरे । उनले १२ बलमा १२ रन बनाए ।
ध्रुव जुरेल ८७ रन बनाएर प्याभिलियन फर्किए । उनलाई नूर अहमदले एलबीडब्ल्यू आउट गरे । राजस्थानको आठौं विकेट १५ औं ओभरको पहिलो बलमा खसेको थियो । हेटमायरले १३ बलमा ७ रन बनाए । राजस्थानको ९ औं विकेट १७ औं ओभरमा खसेको थियो । मोहम्मद शामीले ट्रेन्ट बोल्टलाई क्लिन बोल्ड गरे । उनले ११ बलमा १५ रन बनाए । १८ औं ओभरमा एडम जम्पा रनआउट भए । उनले ९ बलमा ७ रन बनाए । गुजरातका रसिद खानले ३ विकेट लिए । उनका अलावा नूर अहमदले २ तथा शमी, हार्दिक, लिटिलले १–१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्