लेख विवरण

आईपीएल २०२३ : आरसीबी र डीसीबीच हुने खेलको सम्भावित प्लेइङ–११

आईपीएल २०२३ : आरसीबी र डीसीबीच हुने खेलको सम्भावित प्लेइङ–११

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा आज डबल हेडर खेलहरु हुँदैछन् । आजको पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र दिल्ली क्यापिटल्स (डीसी)बीच बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुनेछ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । अर्कोतर्फ आजको दोस्रो खेल लखनऊ सुपरजायन्ट्स (एलएसजी) र पञ्जाब किंग्स (पीबीकेएस)बीच एकना क्रिकेट स्टेडियम लखनउमा हुनेछ।

जारी सिजनमा दिल्लीको सुरुआत निकै खराब रहेको छ । पहिलो चार खेलमा हार बेहोरेको टोलीले जितको खाता खोल्न सकेको छैन । आईपीएल २०२३ मा जितसँगै सुरुवात गरेको बेंगलुरुले अर्को दुई खेलमा हार बेहोरेको छ । आफ्नो पहिलो खेलमा मुम्बईलाई ८ विकेटले पराजित गरेको बेंगलुरुले दोस्रो र तेस्रो खेलमा हार बेहोरेको थियो । टोली कोलकातासँग ८१ रन र लखनउसँग एक विकेटले पराजित भएको थियो ।

दिल्लीविरुद्ध बेंगलुरुले टोलीमा फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, डेभिड विली र वेन पार्नेल ४ विदेशी खेलाडीलाई समावेश गर्न सक्छ । यसका अलावा विराट कोहली, मोहम्मद सिराज र हर्षल पटेल जस्ता खेलाडीले टोलीलाई बलियो बनाएको छ ।

दिल्लीका जारी आईपीएल अहिलेसम्मकै सबैभन्दा खराब सिजन सावित भएको छ । प्रतियोगितामा दिल्लीको यो पाँचौं खेल हुनेछ । आफ्नो सुरुवाती चार खेलमा हार बेहोरेको दिल्लीले पहिलो खेलमा लखनउ, दोस्रोमा गुजरात, तेस्रोमा राजस्थान र चौथोमा मुम्बईसँग पराजित भएको थियो ।

बेंगलुरुविरुद्ध दिल्लीको टोलीमा ४ विदेशी खेलाडी डेभिड वार्नर, रोभम्यान पावेल, एनरिच नोर्त्या र मुस्ताफिजुर रहमान हुन सक्छन् । यसका साथै अक्षर पटेल, कुलदीप यादव र मनिष पाण्डे जस्ता खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।

दुवै टोलीले अहिलेसम्म एकपटक पनि आईपीएलको उपाधि जित्न सकेको छैन । आईपीएलमा दुवै टोली २८ पटक आमनेसामने भएका छन् । जसमा बैंग्लोरले १७ पटक र दिल्ली क्यापिटल्सले १० पटक जित हात पारेको छ ।

दुबै टोलीको सम्भावित प्लेइङ ११ :

रोयल च्यालेन्जर्स बैंगलोरः फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, महिपाल लोमर, ग्लेन म्याक्सवेल, शाहबाज अहमद, दिनेश कार्तिक (विकेटकीपर), अनुज रावत, डेभिड विली, वेन पारनेल, हर्षल पटेल र मोहम्मद सिराज।

इम्पयाक्ट प्लेयर्सः कर्ण शर्मा, सुयश प्रभुदेसाई, आकाश दीप, माइकल ब्रेसवेल र सोनु यादव।

दिल्ली क्यापिटल्सः डेभिड वार्नर (कप्तान), पृथ्वी शा, मनिष पाण्डे, यश धुल, रोभमान पावेल, ललित यादव, अक्षर पटेल, अभिषेक पोरेल (विकेटकिपर), कुलदीप यादव, एनरिच नोर्त्या र मुस्ताफिजुर रहमान।

इम्पयाक्ट प्लेयर्सः मुकेश कुमार, अमन खान, सरफराज खान र इशान्त शर्मा।

 

 

 

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.