लेख विवरण

आईपीएल २०२३ : चेन्नईले टस जितेर बलिङ गर्दै

आईपीएल २०२३ : चेन्नईले टस जितेर बलिङ गर्दै

काठमाडौंँ । आईपीएल १६ औं सिजनको ४९ औं लिग खेल चेन्नई सुपर किंग्स (सीएसके) र मुम्बई इन्डियन्स (एमआई) बीच हुँदैछ । यस खेलमा चेन्नईको टोलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

दुई टोलीबीचको यो खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुँदैछ । खेलमा चेन्नईको टोलीले आफ्नो प्लेइङ इलेभेनमा कुनै परिवर्तन गरेको छैन । मुम्बई इन्डियन्सको टोलीमा २ परिवर्तन गरिएको छ । ट्रिस्टन स्टब्स र राघव गोयलले मुम्बईका लागि डेब्यु गर्दैछन्।

दुवै टोलीको प्लेइङ ११ :

चेन्नई सुपर किंग्स : डेभोन कोनवे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, मोइन अली, शिवम दुबे, रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), दीपक चाहर, तुषार देशपाण्डे, मथिशा पाथिराना र महेश तिक्षना।

मुम्बई इन्डियन्स : रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकिपर), क्यामरन ग्रीन, सूर्यकुमार यादव, ट्रिस्टन स्टब्स, नेहल वढेरा, अरशद खान, पियुष चावला, आकाश माधवाल र जोफ्रा आर्चर।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.