लेख विवरण

आईपीएल २०२३ : चेन्नई र गुजरातबीच हुने खेलको सम्भावित प्लेइङ–११

आईपीएल २०२३ : चेन्नई र गुजरातबीच हुने खेलको सम्भावित प्लेइङ–११

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजन आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन समारोह साँझ ६ बजे अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ । त्यसपछि साँझ ७ः३० बजेदेखि साविक विजेता गुजरात टाइटन्स र ४ पटकको विजेता चेन्नई सुपर किंग्सबीच खेल हुनेछ ।

आईपीएलमा ४ वर्षपछि उद्घाटन समारोह हुने भएको छ । साथै ३ वर्षपछि होम र अवे ढाँचामा प्रतियोगिता खेलाइनेछ । अर्थात् टोलीले लिगका ७ खेल आफ्नो मैदानमा र बाँकी विपक्षी टोलीको मैदानमा खेल्नेछ ।

गुजरात र चेन्नईको हेड–टू–हेड रेकर्ड, दुवै टोलीका शीर्ष खेलाडीहरू, पिच रिपोर्ट, मौसमको अवस्था, सम्भावित प्लेइङ–११ र इम्पयाक्ट प्लेयरहरू यस्तो रहेको छ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स प्रतियोगिताको सबैभन्दा सफल टोली मध्ये एक हो। टोलीले प्रतियोगितामा मुम्बईपछि सबैभन्दा बढी ४ पटक उपाधि जितेको छ । टोली १३ मध्ये ११ सिजनमा प्लेअफ पुगेको छ, र ९ पटक फाइनल खेलेको छ। गत सिजनमा चेन्नईले १४ मध्ये ४ खेल मात्र जित्न सकेको थियो । जसका कारण टोलीले प्रतियोगिताको ९ औं स्थानमा चित्त बुझाउनु परेको थियो ।

आज टोलीमा ४ विदेशी खेलाडीको रुपमा बेन स्टोक्स, मोइन अली, डेभोन कोनवे, मिचेल सान्टनर र ड्वेन प्रिटोरियम मध्ये हुन सक्छन् । महिश टेकशाना उद्घाटन खेलमा उपलब्ध हुने छैनन। यी बाहेक ऋतुराज गायकवाड, रविन्द्र जडेजा, दीपक चाहर र शिवम दुबे जस्ता भारतीय खेलाडीले पनि चेन्नईको टोलीलाई बलियो बनाइरहेका छन् ।

गत सिजनको आईपीएलमा लखनऊ र गुजरात २ नयाँ टोली थपिएका थिए। दुवै प्लेअफमा पुगेपनि गुजरातले उपाधि जितेर सबैलाई चकित बनाएको थियो ।यसपटक पनि करिब–करिब सोही खेलाडीसहित गुजरात प्रतियोगितामा खेल्नेछ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातमा राशिद खान, राहुल तेवाटिया जस्ता शीर्ष श्रेणीका अलराउन्डरहरू पनि छन्।

टोलीका ४ विदेशी खेलाडीमा म्याथ्यु वेड, केन विलियम्सन, राशिद खान र अल्जारी जोसेफ हुन सक्छन् । डेभिड मिलर उद्घाटन खेलमा उपलब्ध छैनन्। यी बाहेक शुभमन गिल, यश दयाल र मोहम्मद शमी जस्ता शीर्ष श्रेणीका भारतीय खेलाडीहरूले पनि टोलीलाई बलियो बनाइरहेका छन्।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सको यो दोस्रो सिजन हो । पहिलो सिजनमा चेन्नई र गुजरात लिग चरणको खेलमामा दुई पटक आमनेसामने भएका थिए । दुवै खेल गुजरातले जितेको थियो ।

नरेन्द्र मोदी स्टेडियममा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् । यस्तो अवस्थामा यी दुईबीचको प्रतिस्पर्धा रोमाञ्चक हुनेछ ।

नरेन्द्र मोदी स्टेडियमको पिच ब्याटिङ मैत्री रहेको छ, स्पिनरभन्दा तेज बलरहरूले याहा फाइदा उठाउन सक्नेछन । मैदानमा पहिलो इनिङ्सको औसत स्कोर १ सय ७३ रन रहेको छ, तर लक्ष्य पछ्याउने टोलीहरूले यहाँ बढी सफलता पाएका छन्। यो रंगशालामा खेलिएका ७ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले ५ पटक लक्ष्य पछ्याएको ले २ पटक जितेको छ ।

अहमदाबादमा शुक्रबार साँझको तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसको बीचमा रहनेछ। बदलीसँगै हल्का वर्षाको सम्भावना पनि रहेको छ।

दुबै टोलीको सम्भावित प्लेइङ–११

गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, म्याथ्यू वेड (विकेटकिपर), साई सुदर्शन, केन विलियम्सन, राहुल तेवाटिया, राशिद खान, आर साई किशोर, यश दयाल, अल्जारी जोसेफ र मोहम्मद शामी।

इम्पयाक्ट प्लेयर्सः केएस भरत, शिवम मावी, मोहित शर्मा र अभिनव मनोहर।

चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (कप्तान र विकेटकीपर), डेभोन कोनवे, ऋतुराज गायकवाड, बेन स्टोक्स, अम्बाती रायडु, मोइन अली, रवीन्द्र जडेजा, शिवम दुबे, ड्वेन प्रिटोरियस, मिचेल सैन्टनर, दीपक चाहर र सिमरजीत सिंह।

इम्पयाक्ट प्लेयर्सः अजिंक्य रहाणे, प्रशान्त सोलंकी, राजवर्धन हंगेरगेकर र तुषार देशपांडे।

 

 

 

 

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.