लेख विवरण

आईपीएल २०२३ : जैसवालको अर्धशतक, बटलरसँग अर्धशतकीय साझेदारी

आईपीएल २०२३ : जैसवालको अर्धशतक, बटलरसँग अर्धशतकीय साझेदारी

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औँ सिजनको ११ औं खेल राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच गुवाहाटीको बार्सपारा क्रिकेट रंगशालामा जारी छ । खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ८ ओभरमा विना विकेट ९६ रन बनाएको छ । यशस्वी जैसवाल र जोस बटलर क्रिजमा छन् । यी दुईबीच अर्धशतकीय साझेदारी भएको छ । 

जारी आईपीएलमा जैसवालले पाँचौं अर्धशतक पूरा गरेका छन्

आज डबल हेडर डे हो, दिनको दोस्रो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स बीच साँझ ७ः४५ बजे मुम्बईमा हुनेछ।

दुवै टोलीको प्लेइङ ११

दिल्ली क्यापिटल्स : डेभिड वार्नर (कप्तान), अभिषेक पोरेल (विकेटकीपर), रोभमान पावेल, रिले रुसो, मनिष पाण्डे, अक्षर पटेल, कुलदीप यादव, ललित यादव, एनरिक नोर्त्या, मुकेश कुमार र खलील अहमद।

इम्पयाक्ट प्लेयर्सः अमन हाकिम खान, पृथ्वी शा, सरफराज खान, इशान्त शर्मा, प्रवीण दुबे।

राजस्थान रोयल्सः सञ्जु सैमसन (कप्तान), जोस बटलर, यशस्वी जैसवाल, शिमरोन हेटमायर, रियान पराग, ध्रुव जोरेल, जेसन होल्डर, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहल।

इम्पयाक्ट प्लेयर्सः नवदीप सैनी, आकाश बिष्ट, एम अश्विन, केएम आसिफ, डोनाभोन फरेरा ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.