लेख विवरण

आईपीएल २०२३ : दिल्लीमाथि गुजरातको लगातार दोस्रो जित

आईपीएल २०२३ : दिल्लीमाथि गुजरातको लगातार दोस्रो जित

काठमाडौंँ । डिफेन्डिङ च्याम्पियन गुजरातले इन्डियन प्रिमियर लिग (आईपीएलमा) मा दिल्ली क्यापिटल्समाथि लगातार दोस्रो जित दर्ता गरेको छ । १६ औं सिजनको सातौं खेलमा गुजरात ६ विकेटले विजयी भएको हो । जारी सिजनमा टोलीको लगातार दोस्रो जित हो।

दिल्लीले घरेलु मैदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । जवाफमा गुजरातले १८.१ ओभरमा ४ विकेट गुमाएर १६३ रनको लक्ष्य पुरा गर्यो ।

पहिले ब्याटिङ गरेको दिल्लीले राम्रो सुरुवात गर्न सकेन । टिमको स्कोर २९ रन हुँदा ओपनर पृथ्वी शा ७ रन बनाएर प्याभिलियन फर्किए । उनलाई मोहम्मद शामीले आउट गरे । त्यसपछि मिचेल मार्सलाई शमीले दोहोरो अंक पार गर्न दिएनन् । अर्का बलर अल्जारी जोसेफले कप्तान वार्नर (३७ रन) लाई बोल्ड गरे । यस्तो अवस्थामा सर्फराज खान (३० रन)ले विकेटकिपर अभिषेक पोरेल (२० रन)सँग दबाबपूर्ण इनिङ्स खेले । अन्तिम ओभरमा अक्षर पटेल (३६ रन)ले तीन छक्का प्रहार गर्दै टोलीको स्कोर १५० रनसम्म पुर्याए । गुजरातका लागि मोहम्मद सामी र राशिद खानले ३–३ तथा अल्जारी जोसेफले २ विकेट लिए ।

जवाफमा गुजरातका ओपनरहरूले मात्र २२ रन जोडदा एनरिक नोर्त्याले आफ्नो पहिलो बलमा ऋद्धिमान शाहलाई बोल्ड गरे। उनले आफ्नो स्पेलको दोस्रो ओभरको पहिलो बलमा शुभमन गिललाई बोल्ड गरेर गुजरातलाई दबाबमा पारे। कप्तान हार्दिक पाण्डेले पनि खासै रन जोड्न सकेनन् । पावर प्लेमा टोलीले ५४ रनमा तीन विकेट गुमाएको थियो । यस्तो अवस्थामा तेस्रो नम्बरमा रहेका साई सुदर्शनले विजय शंकर र डेभिड मिलरसँग अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाए । दिल्लीका लागि एनरिच नोर्त्याले दुई, खालिद अहमद र मिचेल मार्सले एक–एक विकेट लिए ।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.