आईपीएल २०२३ : दिल्लीले टस जितेर बलिङ गर्दै
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजनमा आज (शनिबार) डबल हेडर खेलहरु हुँदैछ । आजको पहिलो खेल राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच गुवाहाटीस्थित बार्सपारा क्रिकेट रंगशालामा सुरु हुँदैछ । खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
अर्कोतर्फ चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीचको खेल साँझ ७ः४५ बजेदेखि मुम्बईमा हुनेछ ।
जारी सिजन दिल्ली क्यापिटल्सको यो तेस्रो खेल हो । टोलीले सुरुवाती दुवै खेलमा हार बेहोरेको थियो । दिल्ली सिजनको पहिलो जितको खोजीमा छ । पहिलो खेलमा दिल्ली लखनउ सुपरजायन्ट्ससँग ५० रनले पराजित भएको थियो भने दोस्रो खेलमा गुजरात टाइटन्स ६ विकेटले पराजित भएको थियो ।
राजस्थानविरुद्ध दिल्लीका ४ विदेशी खेलाडी डेभिड वार्नर, रोभम्यान पावेल, रिले रुसो र एनरिच नोर्त्या हुन सक्छन्। यी बाहेक अक्षर पटेल, कुलदीप यादव र खलील अहमदका कारण टोलीलाई बलियो रहेको छ । मिचेल मार्स बिहे गर्न लागि अष्ट्रेलिया गएका छन्, उनी करिब एक सातापछि फेरि टिममा आउनेछन् । यस्तो अवस्थामा उनले आजको खेल खेल्ने छैनन् ।
जारी सिजन राजस्थान रोयल्सको यो तेस्रो खेल हो । टोलीले एक खेलमा जित र एकमा हार बेहोरेको छ । राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ७२ रनले पराजित गरेको थियो । टोली दोस्रो खेलमा पञ्जाब किंग्ससँग ५ रनले पराजित भएको थियो ।
दिल्लीविरुद्ध राजस्थानको टोलीमा ४ विदेशी खेलाडी जो रुट, शिमरोन हेटमायर, जेसन होल्डर र ट्रेन्ट बोल्ट हुन सक्छन्। यसबाहेक कप्तान सञ्जु सैमसन, रविचन्द्रन आश्विन र यशस्वी जैसवालले पनि टोलीलाई बलियो बनाइरहेका छन् । मिडिया रिपोर्टका अनुसार जोस बटलर चोटका कारण करिब एक सातासम्म कुनै खेल खेल्न सक्ने छैनन् ।
आईपीएलमा अहिलेसम्म दुवै टोलीबीच बराबरी खेल भएको छ । दिल्ली र राजस्थानबीच हालसम्म २६ खेल भएका छन् । जसमा दुवैले १३–१३ पटक जितेका थिए ।
दुवै टोलीको प्लेइङ ११
दिल्ली क्यापिटल्स : डेभिड वार्नर (कप्तान), अभिषेक पोरेल (विकेटकीपर), रोभमान पावेल, रिले रुसो, मनिष पाण्डे, अक्षर पटेल, कुलदीप यादव, ललित यादव, एनरिक नोर्त्या, मुकेश कुमार र खलील अहमद।
इम्पयाक्ट प्लेयर्सः अमन हाकिम खान, पृथ्वी शा, सरफराज खान, इशान्त शर्मा, प्रवीण दुबे।
राजस्थान रोयल्सः सञ्जु सैमसन (कप्तान), जोस बटलर, यशस्वी जैसवाल, शिमरोन हेटमायर, रियान पराग, ध्रुव जोरेल, जेसन होल्डर, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहल।
इम्पयाक्ट प्लेयर्सः नवदीप सैनी, आकाश बिष्ट, एम अश्विन, केएम आसिफ, डोनाभोन फरेरा ।

टिप्पणी लेख्नुहोस्