आईपीएल २०२३ : दिल्ली पहिलो जितको खोजिमा
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ११ औं खेल शनिबार (आज) राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच गुवाहाटीको बार्सपारा स्टेडियममा हुँदैछ । खराब प्रदर्शनका कारण पहिलो दुई खेलमा हार बेहोरेको दिल्ली क्यापिटल्सले आजको खेल जित्न राजस्थान रोयल्सविरुद्ध राम्रो ब्याटिङ गर्नुपर्नेछ ।
यस्तो अवस्थामा दिल्लीलाई आज ट्रेन्ट बोल्ट, केएम आसिफ र जेसन होल्डर जस्ता बलरहरूको सामना गर्न सजिलो हुनेछैन। यस बाहेक राजस्थानसँग रविचन्द्रन अश्विन र युजवेन्द्र चहल जस्ता स्पिनरहरू पनि छन् जसले बार्सपारा स्टेडियममा ब्याट्सम्यान–अनुकूल परिस्थितिमा पनि विपक्षी टोलीलाई समस्यामा पार्न सक्छन्।
राजस्थानका आक्रामक ओपनर जोस बटलरले आजको खेलमा खेल्ने सम्भावना कम रहेको छ । पछिल्लो खेलमा क्याच लिने क्रममा घाइते भएका बटलरको देब्रे हातको कान्छी औंलामा टाँका लागेको छ । तर पनि दिल्लीका बलरको समस्या कम हुनेछैन । ओपनर यशस्वी जैसवाल र कप्तान सञ्जु सैमसन राम्रो लयमा रहेका छन् । एनरिच नोर्टजे, खलील अहमद र कुलदीप यादव जस्ता बलरहरूलाई उनीहरुले कडा चुनौती दिन सक्छन्।
राजस्थानले आफ्नो पछिल्लो खेलमा हार बेहोरेको थियो, यसका बाबजुद पनि टोलीले आजको खेलमा जितको बलियो दावेदारको रूपमा सुरुवात गर्नेछ।
दुवै टोलीको सम्भावित प्लेइङ ११
दिल्ली क्यापिटल्स : डेभिड वार्नर (कप्तान), पृथ्वी शा, रिले रुसो, रोभम्यान पावेल, मनिष पाण्डे, अभिषेक पोरेल (विकेटकिपर), अक्षर पटेल, कुलदीप यादव, खलील अहमद, मुकेश कुमार र एनरिच नोर्खिया ।
इम्पयाक्ट प्लेयर्सः चेतन सक्रिया, यश धुल, इशान्त शर्मा, ललित यादव ।
राजस्थान रोयल्सः यशस्वी जैसवाल, देवदत्त पडिक्कल, सञ्जु सैमसन (कप्तान/विकेटकिपर), ध्रुव जुरेल, शिमरोन हेटमायर, रियान पराग, जेसन होल्डर, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, केएम आसिफ र युजवेन्द्र चहल ।
इम्पयाक्ट प्लेयर्सः मुरुगन अश्विन, नवदीप सैनी, एडम जाम्पा, सन्दीप शर्मा ।

टिप्पणी लेख्नुहोस्