लेख विवरण

आईपीएल २०२३ : निर्धारित ९० मिनेटमा सबै २० ओभर बलिङ गरि सक्नुपर्ने नियम

आईपीएल २०२३ : निर्धारित ९० मिनेटमा सबै २० ओभर बलिङ गरि सक्नुपर्ने नियम

काठमाडौंँ । अबको केही घण्टापछि आईपीएल २०२३ को सुरुवात हुँदैछ । प्रतियोगिता अन्तर्गत आज (३१ मार्च) को खेलमा चेन्नई सुपर किंग्स र डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स भिड्दै छन । आईपीएल १६ औं सिजनको पहिलो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

यस पटक आईपीएललाई थप रोमाञ्चक बनाउन पाँचवटा नयाँ नियम समावेश गरिएको छ । यस पटक स्लो ओभर रेटको नियम पनि लागू गरिएको छ । यदि कुनै टोलीले निर्धारित समयमा ओभर फाल्न नसकेको खण्डमा सजाय भोग्नु पर्ने भएको छ ।

खेलमा बलिङ टोलीले निर्धारित ९० मिनेटमा सबै २० ओभर बलिङ गरि सक्नुपर्नेछ । यदि त्यस्तो नभएको खण्डमा टी–२० अन्तर्राष्ट्रिय खेल जस्तै कट टाइमपछि सबै ओभर बलिङ गरिनेछ, यस अवधिमा फिल्डिङ टोलीका चार खेलाडी मात्र बाउन्ड्रीमा बस्न पाउनेछन । सामान्यता पावरप्ले पछि ५ खेलाडीलाई बाउन्ड्रीमा राख्न मिल्ने नियम रहेको छ ।

यो नियम फिल्डिङ टिमका कप्तानका लागि टाउको दुखाइ साबित हुने भएको छ । यस्तो अवस्थामा कप्तानले आफ्ना सबै बलरसँग निर्धारित समयमा ओभर पूरा गर्ने अपेक्षा राख्ने छन ।

आईपीएल २०२३ मा कुल पाँच नयाँ नियम समावेश गरिएको छ । जसमा इम्प्याक्ट प्लेयर, टसपछि ११ खेल्ने घोषणा, वाइड र नो–बलका लागि डीआरएस, अनफेयर मुभमेन्ट गर्दा डेड बल र स्लो रेटको नियम समावेश छ। तर यी सबै नियमहरू मध्ये चर्चाको विषय इम्प्याक्ट प्लेयर नियम हो। यो नियम लागू भएसँगै ११ को सट्टा १२ खेलाडी खेल्न पाउनेछन् । ब्याटिङ र बलिङ दुवै टिमले इम्प्याक्ट खेलाडी प्रयोग गर्न पाउनेछन ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.