आईपीएल २०२३ : मुम्बईले चेन्नईलाई दियो १ सय ४० रनको लक्ष्य
काठमाडौंँ । आईपीएल १६ औं सिजनको ४९ औं लिग खेल चेन्नई सुपर किंग्स (सीएसके) र मुम्बई इन्डियन्स (एमआई) बीच हुँदैछ । यस खेलमा चेन्नईको टोलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनाएको छ ।
मुम्बईका लागि नेहल वढेराले सर्वाधिक ६४ रन बनाए । अर्धसतक बनाएका वढेराले ५१ बलमा ८ चौंका र १ छक्का प्रहार गरे । टोलीका लागि सुर्यकुमार यादव (२६) र डेब्युटन ट्रिस्टन स्टब्सले (२०) रन बनाए । यस बाहेक मुम्बईका अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा चेन्नईका लागि माथीशा पाथिरानाले ३ विकेट लिए । दिपक चाहर र तुषार देशपाण्डेले २–२ विकेट लिए । रविन्द्र जडेजाले एक विकेट लिए ।
१ सय ४० रनको लक्ष्य पाएको चेन्नईले अबको केही बेरमा ब्याटिङ गर्नेछ ।
दुई टोलीबीचको यो खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुँदैछ । खेलमा चेन्नईको टोलीले आफ्नो प्लेइङ इलेभेनमा कुनै परिवर्तन गरेको छैन । मुम्बई इन्डियन्सको टोलीमा २ परिवर्तन गरिएको छ । ट्रिस्टन स्टब्स र राघव गोयलले मुम्बईका लागि डेब्यु गरेका छन।
दुवै टोलीको प्लेइङ ११ :
चेन्नई सुपर किंग्स : डेभोन कोनवे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, मोइन अली, शिवम दुबे, रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), दीपक चाहर, तुषार देशपाण्डे, मथिशा पाथिराना र महेश तिक्षना।
मुम्बई इन्डियन्स : रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकिपर), क्यामरन ग्रीन, सूर्यकुमार यादव, ट्रिस्टन स्टब्स, नेहल वढेरा, अरशद खान, पियुष चावला, आकाश माधवाल र जोफ्रा आर्चर।

टिप्पणी लेख्नुहोस्