लेख विवरण

आईपीएल २०२३ : राजस्थान रोयल्स टस जितेर बलिङ गर्दै

आईपीएल २०२३ : राजस्थान रोयल्स टस जितेर बलिङ गर्दै

काठमाडौंँ । आईपीएल २०२३ अन्तर्गत पञ्जाब किंग्स विरुद्धको खेलमा राजस्थान रोयल्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । टस हारेको पञ्जाब किंग्सले अहिले ब्याटिङ गर्दैछ । खेल हिमाचल प्रदेशको धर्मशालामा हुँदैछ। आजको खेल हार्ने टोली प्लेअफको दौडबाट बाहिर हुनेछ। अर्थात् हार्ने टोलीको यात्रा जारी सिजनको आईपीएलबाट टुंगिनेछ ।

आईपीएल २०२३ मा पञ्जाब किंग्स र राजस्थान रोयल्सले समान १३–१३ खेल खेलेको छ । र दुवै टोलीले ६–६ खेल जितेका छन् भने ७–७ खेलमा हार बेहोरेका छन् । अंक तालिकामा राजस्थान रोयल्स अहिले छैठौं स्थानमा रहेको छ । जबकि पञ्जाब किंग्स आठौं स्थानमा छ। दुवै टोलीको १२–१२ अंक भए पनि नेट रन रेटका कारण राजस्थान रोयल्स अंक तालिकामा पञ्जाब किंग्सभन्दा माथि छ ।

राजस्थान रोयल्सको प्लेइङ इलेभेन : यशस्वी जैसवाल, जोस बटलर, सञ्जु सैमसन (कप्तान तथा विकेटकिपर), देवदत्त पडिक्कल, शिमरोन हेटमायर, रियान पराग, एडम जाम्पा, ट्रेन्ट बोल्ट, नवदीप सैनी, सन्दीप शर्मा र युजवेन्द्र चहल ।

पञ्जाब किंग्सको प्लेइङ इलेवन : शिखर धवन (कप्तान), प्रभसिमरन सिंह, अथर्व टाइडे, लियाम लिभिङस्टोन, साम कुरान, जितेश शर्मा (विकेटकीपर), शाहरुख खान, हरप्रीत ब्रार, राहुल चाहर, कागिसो रबाडा र अर्शदीप सिंह ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.