आईपीएल २०२३ : रिचर्डसनको स्थानमा मेरिडिथ
काठमार्डौँ । मुम्बई इन्डियन्सले रिचर्डसनको स्थानमा अस्ट्रेलियाका फास्ट बलर रिले मेरिडिथलाई टोलीमा ल्याएको छ । ह्यामस्ट्रिङको चोटका कारण रिचर्डसनको शल्यक्रिया गरिएको थियो र उनी आईपीएलबाट बाहिरिएका छन ।
मेरिडिथ गत वर्ष पनि मुम्बई टोलीका सदस्य थिए । उनले आठ खेलमा ८.४२ को इकोनोमीमा आठ विकेट लिएका थिए। यद्यपि उनलाई सन् २०२३ को लिलामी अघि मुम्बईले रिलिज गरेको थियो। उनले सन् २०२१ मा पञ्जाब किंग्सबाट खेलेका थिए।
यस वर्षको बीबीएलमा मेरेडिथ १४ खेलमा २१ विकेट लिदै सर्वाधिक विकेट लिने बलरको सूचीमा पाँचौं स्थानमा रहेका थिए। उनले ७७ टी–२० खेलमा ८.३३ को इकोनोमी रेटमा १०० विकेट लिएका छन् । मेरिडिथले अष्ट्रेलियाका लागि पाँच अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् ।
मेरेडिथअघि मुम्बईले श्रीलंकाका फास्ट बलर दुष्मन्ता चमेरासँग कुराकानी गरेको थियो । जारी आईपीएलमा मुम्बई पहिलो खेलमै रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित भएको थियो ।
अर्कोतर्फ बैंगलोरका बायाँ हाते तिव्र गतिका बलर रिस टोपले पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । मुम्बईविरुद्धको पहिलो खेलमा उनको काँधमा चोट लागेको थियो । बेंगलुरुका मुख्य प्रशिक्षक सञ्जय बांगरले यसको पुष्टि गरेका छन्। यद्यपि उनको प्रतिस्थापनको घोषणा भने भइसकेको छैन । यसअघि विल ज्याक र रजत पाटीदार पनि चोटका कारण बेंगलुरु टोलीबाट बाहिरिएका थिए ।

टिप्पणी लेख्नुहोस्