लेख विवरण

आईपीएल २०२३ : रुतुराजको अर्धशतकमा चेन्नईले गुजरातलाई दियो १७९ रनको लक्ष्य

आईपीएल २०२३ : रुतुराजको अर्धशतकमा चेन्नईले गुजरातलाई दियो १७९ रनको लक्ष्य

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको चेन्नई सुपर किंग्सको टोलीले गुजरातलाई १ सय ७९ रनको लक्ष्य दिएको छ । खेलमा गुजरातको टोलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

सीएसकेका लागि ब्याटिङमा सबैभन्दा धेरै रुतुराज गायकवाडले ५० बलमा ९२ रनको बलियो इनिङ खेले। यसबाहेक मोइन अलीले २३ रनको बलियो इनिङ खेले । शिवम दुबेले १९ र अम्बाती रायडुले १४ रनको योगदान दिए । बलिङमा गुजरातका मोहम्मद शामी, राशिद खान र अल्जारी जोसेफले समान २–२ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.