लेख विवरण

आईपीएल २०२३ : रोमाञ्चक खेलमा राजस्थानले पञ्जाबलाई हरायो

आईपीएल २०२३ : रोमाञ्चक खेलमा राजस्थानले पञ्जाबलाई हरायो

काठमाडौंँ । आईपीएल २०२३ अन्तर्गत शुक्रवार भएको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा राजस्थानले १९.४ ओभरमा लक्ष्य पुरा गर्यो । राजस्थानका लागि यशस्वी जैसवाल र देवदत्त पडिक्कलले अर्धशतक बनाए । टोलीका लागि शिम्रोन हेटमायरले पनि उत्कृष्ट प्रदर्शन गरे । अन्त्यमा ध्रुव जुरेलले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । पञ्जाबका लागि साम करनले अविजित ४९ रन बनाए । राजस्थानका लागि नवदीप सैनीले ३ विकेट लिए ।

जितसँगै राजस्थान अंक तालिकाको पाँचौं स्थानमा पुगेको छ । १४ खेलमा ७ जित निकाल्दै टोलीले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । हारसँगै पञ्जाब प्लेअफ दौडबाट बाहिरिएको छ । पञ्जाबले १४ मध्ये ६ खेल जितेको छ र उसको १२ अंक छ ।

राजस्थानका लागि ओपनर यशस्वी जैसवालले उत्कृष्ट ब्याटिङ गरे । उनले ८ चौका प्रहार गर्दै ३६ बलमा ५० रन बनाए । देवदत्त पडिक्कलले पनि अर्धशतक बनाए । उनले ३० बलमा ५१ रन बनाए । देवदत्तले ५ चौका र ३ छक्का प्रहार गरे । कप्तान सञ्जु सामसनले खास केही गर्न सकेनन् । उनी मात्र २ रन बनाएर आउट भए । जोस बटलर शून्य रनमा आउट भए । रियान पराग १२ बलमा २० रन बनाएर आउट भए । ट्रेन्ट बोल्ट १ रन बनाएर अविजित रहे । ध्रुव जुरेलले ४ बलमा अविजित १० रन बनाए । उनले छक्का प्रहार गर्दै राजस्थानलाई जित दिलाए ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । टोलीका लागि साम करणले अविजित ४९ रन बनाए । उनले ३१ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । जितेश शर्माले २८ बलमा ४४ रन बनाए । उनले ३ चौका र ३ छक्का प्रहार गरे । शाहरुख खानले २३ बलमा ४१ रन बनाए । उनले ४ चौका र २ छक्का प्रहार गरे । यसअघि लिभिङस्टोन ९ रन र अथर्व तायडे १९ रनमा आउट भएका थिए । शिखर धवन १७ रन बनाएर प्याभिलियन फर्किए । प्रभसिमरन सिंह मात्र २ रन बनाएर आउट भए ।

पञ्जाब किंग्सका लागि नवदीप सैनीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । उनले ४ ओभरमा ४० रन दिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३५ रन दिएर एक विकेट लिए । एडम जाम्पाले ४ ओभरमा २६ रन दिएर एक विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा ४६ रन दिए । युजभेन्द्र चहलले ४ ओभरमा ४० रन दिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.