लेख विवरण

आईपीएल : अंक तालिकामा दोस्रो स्थानमा बनाउन रोहित र धोनीको टोलीबीच प्रतिस्पर्धा

आईपीएल : अंक तालिकामा दोस्रो स्थानमा बनाउन रोहित र धोनीको टोलीबीच प्रतिस्पर्धा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) सिजन १६ मा शनिबार (आज) डबल हेडर खेल हुँदैछ । आज पहिलो खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्दैछन् । प्लेअफको दौडलाई ध्यानमा राख्दा आज सबैको ध्यान यो खेलमा हुनेछ ।

आजको खेल जितेर दुवै टोली अंक तालिकाको दोस्रो स्थानमा पुग्ने योजनामा रहेको छ । तर, चेपौक मैदानमा धोनीको टोलीसँग प्रतिस्पर्धा गर्न सजिलो भने छैन । मुम्बई विरुद्ध चेपौकमा अहिले सम्म चेन्नईको कीर्तिमान खराब रहेको छ ।

अंक तालिकाको बारेमा कुरा गर्दा सीएसके ११ अंकसहित अहिले तेस्रो स्थानमा रहेको छ। योसँगै मुम्बई १० अंकसहित छैटौं स्थानमा छ । आज जित्ने टोलीले शिर्ष स्थानमा रहेको गुजरात टाइटन्सपछि दोस्रो स्थानमा पुग्नेछ । सीएसकेले जित्दा उसको १३ अंक हुनेछ र मुम्बईले जित्दा १२ अंक हुनेछ। यति मात्र नभएर आजको खेल जित्ने टोलीलाई प्लेअफमा पुग्न सहज हुनेछ ।

चेपौकमा मुम्बई इन्डियन्स विरुद्ध चेन्नई सुपर किंग्सले सन् २०१० यता जित हासिल गर्न सकेको छैन। यो मैदानमा दुई टोलीबीच भएको पछिल्लो पाँच खेलमा मुम्बई इन्डियन्सले सीएसकेलाई पराजित गर्न सफल भएको छ । तर, यसपटक मुम्बईको सट्टा चेन्नई सुपर किंग्सको स्पिन बलिङ बलियो देखिन्छ । यस्तो अवस्थामा चेन्नईको दाबीलाई कम आँकलन गर्न सकिँदैन।

खेलअघि चेन्नईले ठूलो राहत पाएको छ । सीएसकेका स्टार अलराउन्डर बेन स्टोक्स अहिले पूर्ण रुपमा फिट भएका छन् । स्टोक्सले ब्याट्सम्यानका रुपमा प्लेइङ इलेभेनमा स्थान पाउन सक्छन् ।

मुम्बई इन्डियन्सले आफ्नो प्लेइङ इलेवनमा परिवर्तन गर्ने सम्भावना कम छ। पछिल्ला दुई खेलमा मुम्बई इन्डियन्सले २०० भन्दा बढी ठूला लक्ष्य पछ्याउँदै जित निकालेको छ ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.